काठमाडौ /२३ माघ – नेपालमा समग्र शिक्षाको रुपान्तरण तथा सामुदायिक विद्यालयको सुधार र विकासका लागि“वृहत राष्ट्रिय शिक्षाअभियान“ संचालन गरिरहेका अभिषेक घिमिरे विश्व भरिका शिक्षाकर्मी मध्ये उत्कृष्ट १०० मा पर्न सफल भएका छन् ।
अमेरिका, बेलायत तथा दुवईबाट प्रकाशितहुने “द एक्सेलिजेण्ट“ नामक पत्रिकाले विश्वभरि नै शिक्षा क्षेत्रमा लागेर उल्लेखनीय योगदान दिने तथा उपलब्धी हासिल गरेका शिक्षाकर्मी मध्ये सबै भन्दा प्रशंसित “हन्ड्रेड एड्माइर्ड पिपलइनएजुकेसन २०२१“ भनेर घिमिरेलाई उत्कृष्ट १०० भित्र समावेश गरेको हो ।
घिमिरेले विगत केहीवर्षदेखि नेपालका सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि देशैभरि विभिन्न कार्यक्रम संचालन गर्दै आएका छन् ।





