शिक्षा प्रतिको आकर्षण बढाउन विद्यार्थीलाई साइकल वितरण

लहान /१८ माघ – कक्षा ११ मा अध्ययन गरीरहेका २१ विद्यार्थीलाई कक्षा सिरहाको गोलबजार नगरपालिका– ९ वडा कार्यालयले साइकल वितरण गरेको छ । जनता माध्यिमिक विद्यालयको कक्षा ११ मा अध्ययनरत दलित, जेहेन्दार छात्रछात्रालाई वडा कार्यालयले साइकल वितरण गरेको हो ।

विद्यार्थीलाई विद्याल जान सहज होस् भन्ने उद्देश्यका साथ विद्यार्थीको पढ्ने इच्छा अझै बढोस र उनिहरुको मनोबल उच्च होस भन्दै दलित जेहेन्दार विद्यार्थीको शिक्षा प्रतिको आकर्षण बढाउन साइकल वितरण गरेको वडा नं ९ का वडाध्यक्ष रामपुकार कामतीले जानकारी दिए ।

‘समाजिक सद्भाव र संस्कारिक शिक्षा, छोरीलाई शिक्षा आजको आवश्यकता’ भन्ने मूल नाराका साथ साइकल वितरण गरिएको वडाअध्यक्ष कामतीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *