काठमाण्डौं/१४ माघ– चितवनको रत्ननगर नगरपालिकामा रहेको एक बोर्डिङको स्कूलको बसले मोटरसाईकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
रत्ननगर नगरपालिका १० हरिहर मन्दिर अगाडि पूर्वपश्चिम राजमार्गमा सनराईज बोर्डिङ स्कूलको बा २ ख ५६७४ नम्बरको बसले बा ९२ प ५२०४ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।
मंगलबार विहान ९ः२० बजे भएको सो दुर्घटनामा परेर मोटरसाईकल चालक सोलुखुम्बु टापटिङ ५ का २४ वर्षिय अनिल मगर र पछाडी बसेका सुनसरी जिल्ला धरान नगरपालिका ९ का २० वर्षिय गौरब राई दुर्घटनामा गम्भिर घाईते भएका थिए । उनीहरुको उपचारका लागि मेडिकल कलेज भरतपुर ल्याउने क्रममा विहान ९ः३५ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
ठक्कर दिने सो स्कूल बसका चालक भने फरार रहेको र उनीहरुको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।



