काठमाण्डौं /१३ माघ– शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थी लेखाजोखा प्राविधिक समिति गठन गर्न निर्देशन दिएको छ ।
स्थानीय र प्रदेश तहमा ससर्त अनुदान एवम् शिक्षा विकास तथा समन्वय इकाईबाट कार्यान्वयन हुने कार्यक्रमसंग सम्बन्धित कार्य गर्ने गरि सोही अनुसार प्रत्येक स्थानीय तहमा विद्यार्थी लेखाजोखा, प्राविधिक समिति गठन गर्ने व्यवस्था भएकोमा कतिपय स्थानीय तहमा हालसम्म गठन नभएको हुँदा कार्यक्रम कार्यान्वयन पुस्तिकामा भएको व्यवस्था अनुसार गठन गर्न केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र जारी गरीएको छ ।
साथै पुस्तिकामा भएको व्यवस्था अनुसार उक्त समिति गठनमा आवश्यक समन्वय र सहजीकरण गरी गठन भएको जानकारी केन्द्रमा पठाउन शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको छ ।



