काठमाडौं/७ पुस – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिईभिटिले डिप्लोमा तथा प्रमाण पत्र तहको सेमेस्टर परीक्षा प्रणाली नियमित आंशिक परीक्षा आवेदन फारम खोलेको छ ।
परिषद्को डिप्लोमा तथा प्रमाण पत्र तहको विभिन्न विषयको प्रथम वर्ष दास्रो खण्ड,दोस्रो वर्ष दोस्रो खण्ड र तेस्रो वर्ष तेस्रो खण्डको नियमित आंशिकको परीक्षा फारम खोलेको हो ।
परीक्षा २०७७ फागुन,चैतमा सञ्चालन हुने भएकोले परीक्षार्थीहरुले परीक्षा आवेदन फारम माघ २८ गते भित्र नियमित शुल्कमा र फागुन ५ गते भित्र विलम्ब शुल्कमा तोकिएको हुदा समय सिमा भित्र फारम भरेर बुझाउन सबै शिक्षण संस्थाहरुलाई भनिएको छ ।




