बीबीए अध्ययनका फाइदा


काठमाडौ/ १२ माघ – व्यवस्थापनमा आधारित बीबीए अध्यायनले विद्यार्थीलाई उद्यमी बन्न सिकाँउछ । सैद्धान्तिक र प्रयोगात्मक दुवै हिसाबले यसमा प्रभावकारी सिकाइ हुने भएकाले बजारमा सिधै काम गर्न सक्ने जनशक्ति तयार हुन्छ । त्यसकारण अन्य विषय पढेकाले भन्दा संसारको कुनै पनि ठाँउमा यस विषय अध्ययन गरेका विद्यार्थीले व्यवस्थापन तथा व्यवसायिक क्षेत्रमा अवसर र सफलता छिटो प्राप्त गर्न सक्छन् ।

बीबीए अध्ययनले विद्यार्थीमा नेतृत्वदायी क्षमताको साथै व्यवस्थापन कौशलताको विकास पनि गराँउछ । त्यसकारण योग्य जनशक्ति उत्पादन गर्ने प्रभावकारी शैक्षिक कार्यक्रमको रुपमा बीबीएलाई लिन सकिन्छ । त्यसकारण बीबीए अध्यायनका फाइदा यस प्रकार छन ।

१. रोजगारी प्रदान
बीबीए अध्ययनले, व्यवस्थापन समस्याहरुको समाधान, कर्मचारी तथा सरोकालवालाहरुको व्यवस्थापन, वित्तिय व्यवस्थापनका साथै संस्था सञ्चालन विधि तथा प्रकृया र अन्य विषयहरुको गहिरो शिक्षा प्रदान गर्दछ । यसले दक्ष जनशक्ति निर्माण गर्न सकिन्छ । ठूला तथा साना व्यवसायहरुमा यस्तो जनशक्तिको खाचो भईरहने हँुदा बीबीए अध्ययन महत्त्वपूर्ण छ ।

२. व्यवसायिक जोखिम चुनौति तथा अवसरको सहि तरिकाले पहिचान
बीबीए शिक्षाले विद्यार्थीहरुलाई व्यापारिक अवसरहरु कसरी पहिचान गर्ने, जोखिम कसरी न्यूनिकरण गर्ने र व्यवसायिक सफलताका हासिल गर्न कस्तो खालको रणनीति कार्यक्रम तथा नीतिहरु बनाउने भन्ने कुराको ज्ञान दिन्छ ।

३. व्यवसायीक सीप सञ्चालनको विकास
बीबीएले व्यवसायलाई कसरी सफल र प्रतिस्पर्धी बनाउने भन्ने कुराको राम्रो ज्ञान दिने हुँदा यसले व्यवसाय सञ्चालनमा निकै सहयोग पु¥याउँदछ । साथै, यस कार्यक्रमले विद्यार्थीहरुको सञ्चार सीपलाई राम्रो बनाउनका लागि सहयोग गर्छ । यसले गर्दा जीवनमा व्यवसायिक रुपमा सफल हुनका लागि ठूलो मद्दत पुग्दछ ।

४. समयको सही व्यवस्थापन र व्यवसायिक अनुशासन
समय सबैभन्दा मूल्यवान वस्तु हो । बीबीए कार्यक्रमको अध्ययनको अवधिमा समयको महत्त्व र त्यसको सहि व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने कुरा विद्यार्थीहरुलाई राम्रोसँग सिकाएको हुन्छ । कुनै पनि व्यवसाय जहिले पनि प्रतिस्पर्धामा रहेको हुन्छ र समयको उचित व्यवस्थापनले हरेक काम समयमा नै सम्पन्न गरेपछि मात्र प्रतिस्पर्धामा जहिल्यै सफल हुन सकिन्छ । यसले विद्यार्थीलाई व्यवसायिक ढंगले अगाडि बढाउँछ ।

विद्यार्थीहरुको ४ वर्षे सम्मको अध्ययनमा विभिन्न इन्टर्न र पाठ्यक्रम कार्यक्रम मार्फत् व्यवसायिक अनुशासन रहन सिकाइन्छ । यसले विद्यार्थीहरुलाई व्यवसायिक अनुशासनमा अझ तल्लिन भई अगाडी बढ्न मद्दत पु¥याउंदछ ।