काठमाडौ/२६पुष – सरकारले आगामी माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आकष्मिक रुपमा आज बसेको मन्त्रिपरिषद्को बैठकले माघ १ गते अर्थात् माघे संक्रान्तिको दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
राष्ट्रिय सभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले थारुहरुको विशेष चाड माघी पर्वको अवसरमा सम्पूर्ण नेपालीले माघे संक्रान्ति मनाउने गरेको भन्दै सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिएका छन् ।



