स्कुल बसको ठक्करबाट शिक्षिकाको घटनास्थलमै मृत्यु

विराटनगर/२५ पुस – स्कुल बसको ठक्करबाट शुक्रबार साँझ मोटरसाइकलमा सवार शिक्षिकाको मृत्यु भएको छ ।

मोरङ कानेपोखरी–६ मा रहेको बालजगत बोर्डिङ स्कुलको को १ क ३००९ नम्बरको बसले को ८ प ७३६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार दीपा भट्टराई (नेपाल) को घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जानकारी दिएको छ ।

रंगेली–९ स्थित बालज्योति बोर्डिङ स्कुलकी संस्थापक एवं सहायक प्रिन्सीपल रहेकी शिक्षिकालाई विद्यार्थी घर र्पुयाउन गएको बसले बाटोमा ब्याक गर्ने क्रममा ठक्कर दिए पछि घटनास्थलमै मृत्यु भएको हो ।

घटनापछि बसका चालक राजु श्रेष्ठ फरार रहेको र खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।