काठमाडौं /२४ पुस – काठमाडौं महानगरपालिकाका सबै विद्यालय माघको पहिलो साताबाट सञ्चालन गर्ने तयारीमा लागेको छ । चालु शैक्षिक सत्र तीन महिना मात्र बाँकी रहेका कारण महानगरले आवश्यक स्वास्थ्य मापदण्ड कायम गरेरै भएपनि विद्यालय खोल्ने निधो गरेको हो ।
साथै मन्त्रिपरिषद् वैठकले महानगरका विद्यालय खोल्ने निर्णय गरे कोरोना भाइरसबाट बच्न जनस्वास्थ्यका उचित मापदण्ड अपनाएर विद्यालय खुल्ने तयारी गरिरहेको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनअनुसार महानगरका विद्यालयले गत असारबाट अनलाइन कक्षा सञ्चालन गरिरहेता पनि प्रभावकारी हुन नसकेको शिक्षक तथा अभिभावकले गुनासो व्यक्त गर्दै आईरहेका थिए ।
महानगरका कतिपय विद्यालयले बन्देजका बाबजुद पनि भौतिक कक्षा चलाइरहेका छन् । ती विद्यालयले व्यवस्थापन समिति, शिक्षक र अभिभावकको साझा पहलमा पठनपाठन गरेको जनाएका छन् ।
काठमाडौं महानगरपालिकाभित्र ९३ सामुदायिक र ६ सय ४२ संस्थागत (निजी) विद्यालय रहेका छन् ।


