शुभश्री इन्टरनेसनल कलेजको प्रयासमा देशभर फिटनेस पार्क निर्माणको अभियान

काठमाडौं /२५ पुसे – काठमाडौंको नक्सालस्थित नारायणचौरमा टेम्पल प्रोजेक्ट अभियानले आज देखि फिटनेस पार्क सञ्चालनमा ल्याएको छ ।

शुभश्री इन्टरनेसनल कलेज र नेपाली युथ फिटनेस एन्ड केलिस्थेनिक्सको संंयुक्त प्रयासमा टेम्पल प्रोजेक्ट अभियान अन्र्तगत फिटनेस पार्कको निर्माण गरिएको हो ।

सहरीया जिवन शैलि र कार्य व्यास्तताले गर्दा शारीरिक व्यायाम नहुने र स्वास्थ्य समस्या देखिने भएकोले यसलाई कम गर्न फिटनेस पार्क सञ्चालनमा ल्याइएको नेपाली युथ फिटनेस एन्ड केलिस्थेनिक्सका अध्यक्ष सुकदेव कार्कीले बताए ।

फिटनेस पार्कको उद्घाटन गर्दे नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले शारीरिक र मानसिक स्वास्थ्यलाई सन्तुलन राख्न नियमित व्यायाम गर्नु पर्ने बताए । साथै यस्ता फिटनेस पार्क देशभर निर्माण गर्न आवश्यक रहेको बताए ।

देशभर २० वटा फिटनेस पार्क निर्माण गरीने डीभी एजुकेसन नेटवर्कका निर्देशक तरुणप्रताप शाहले बताए । प्रोजेक्ट टेम्पल अभियानले फिटनेस पार्क देशका विभिन्न ठाउमा निर्माण गरेर स्वस्थ जिवनकालागि शारीरिक व्यायामको महत्व र यसको आवश्यक्ता बारे जानकारी दिने उदेश्य रहेको शाहले बताए ।

नेपालका विभिन्न प्रमुख सहरहरुमा फिटनेस पार्क बनाउने अभियान अन्र्तगत काठमाडौंको टोखा र पोखराको लेकसाइडमा फिटनेस पार्कको निर्माण गरी सकिएको छ । साथै ललितपुरको यूएन पार्क, चितवन, बुटवल, पोखरा, नेपालगञ्ज लगायतका विभिन्न सात स्थानमा पार्क उद्घाटनको क्रममा रहेको प्रोेजेक्ट टेम्पल अभियानले जनकारी दिएको छ ।