नेपालमा इन्जिनियरिङको भविष्य,कुन विषयमा करियर कस्तो छ ?

इन्जिनियरिङ देश विकासको मेरुदण्ड हो । इन्जिनियरिङ एक यस्तो पेशा हो जसमा जनशक्तिको माग हरेक समय रहन्छ । देशलाई विकास तर्फ लैजान मद्दत गर्ने यस पेशाको महत्व दिनानुदिन बढ्दो छ । इन्जिनियरिङबाट मानिसले नाम र दाम दुवै कमाँउछ । अर्को शब्दमा भन्ने हो भने यो इन्जिनियरिङ पेशालाई आर्थिक र सामाजिक दृष्टिले बलियो पेशको रुपमा लिइन्छ ।

इन्जिनियरहरु विकास निमार्णका पयार्य हुन् । भवन, सडक, घरसंगै सफ्टवेयर, हाडवेयर कसरी बनाउन, कस्तो बनाउने सबै खाले उत्तर इन्जिनियरले दिन्छ । विस्तृत रुपमा इन्जिनियर भन्नाले भव्य महल, पुल, सडक, मोटर गाडि, साइकल, विजुली, कम्प्यूटर, टेलिफोन, मोबाइल, इन्टरनेट जस्ता सामग्रीको आविष्कार गर्ने, पुननिर्मााण, सञ्चालन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तिलाई जनाँउछ । मनमा कल्पना गरेका तस्विरलाई वास्तविक संसारमा उत्तार्ने सामर्थ राख्ने पेशा हो इन्जिनियरिङ । त्यसैले पछिल्लो पुस्ता इन्जिनियरिङ तर्फ निकै आकर्षित छन् । प्रत्येक वर्ष नेपालमा इन्जिनियरिङ पढ्ने विद्यार्थीको संख्या बढदै गएको छ । इन्जिनियरिङ विषय प्रति विद्यार्थीहरुको रुचि बढदै जान थालेको छ ।

इन्जिनिरिङ प्रतिष्ठित पेसा मध्ये एक हो । वर्षेनी उल्लेखनिय संख्यामा प्लस टु दिएका विद्यार्थीहरु अध्ययनका लागि इन्जिनियरिङ तर्फ लाग्ने गर्छन् ।

प्लस टुमा विज्ञान विषय अध्ययन गरेका विद्यार्थीले इन्जिनियरिङ विषय पढ्न पाउँछन् । इन्स्टिच्युट अफ इन्जिनियरिङ (आइओई) मा छात्रवृत्तिमा अध्ययन गर्न विद्यार्थीको संख्या वर्षौनी बढिरहेको छ । समाजमा निकै प्रतिष्ठित पेसाको रुपमा चिनिने हुनाले पनि यस तर्फ विद्यार्थीको आकर्षण बढदो छ ।


इन्जिनिरिङ क्षेत्रमा सैद्धान्तिकका साथै व्यवहारिक ज्ञान पनि प्राप्त गर्न सकिन्छ । यो विषय विश्वमै गाह्रो विषय मध्ये एक मानिन्छ । यो विषय पढ्न गाह्रो छ उती नै रोमाञ्चक पनि छ । इन्जिनियरिङ पढाइका हिसाबले सहज विषय भने होइन । निकै मेहेनत लाग्ने विषय हो इन्जिनियरिङ । करियरको हिसाबले उत्कृष्ट मानिने इन्जिनियरिङ भित्र पनि धेरै विषयहरु रहेको छ ।

नेपाल इन्जिनियरिङमा पढाइ हुने मुख्य इन्जिनियरिङ विषय यस प्रकारका छन् :-


१. सिभिल इन्जिनियर २.इलेक्ट्रोनिक इन्जिनियर ३. इलेक्ट्रिकल एण्ड कम्युनिकेशन ४.मेकानिकल इन्जिनियर ५.कम्प्यूटर इन्जिनियर ६. इन्भाइरोमेन्टल इन्जिनियर ७. एग्रिकल्चर इन्जिनियर ८. आर्किटेक्चर ९. इलेक्ट्रिकल्स एण्ड इलेक्ट्रोनिक्स इन्जिनियर १०. बायोमेडिकल इन्जिनियर ११. सफ्टवेयर इन्जिनियर १२. वीइ इन आईटी इन्जिनियर १३ . इण्डष्ट्रियल इन्जिनियर १४. जियोटेक्निकल इन्जिनियर र रुरल इन्जिनियर विषय पढाइ हुन्छ ।

१.सिभिल इन्जिनियरिङ :-


इन्जिनियरिङ भित्र पर्ने निकै लोकप्रिय विषय हो सिभिल इन्जिनियरिङ । नेपालमा अहिले सबैभन्दा बढी माग भएको र उत्पादन हुने जनशक्ति यही हो । यस विषय भित्र राजमार्ग सडक, घर, अदिको निमार्णको बारेमा सिकिन्छ । बाहिर मात्र नभएर नेपालमा पनि यो विषयको स्कोप निकै राम्रो रहेको छ । यस क्षेत्रमा डिग्री हासिल गरेकाहरुको पुरै विश्वबाट माग गरिन्छ । सिभिल इन्जिजियरिङमा स्नातक गरेपछि मास्टर्समा विभिन्न क्षेत्रमा विशेषज्ञता हासिल गर्न सकिन्छ ।


यसको करियर कस्तो छ ?
हाम्रो देश विकास तर्फ बढदै गएको देश हो । याँहा तिब्र रुपमा विकासका गतिविधि बढिरहेका छन । विकासको मूख्य पाटो हो पूर्वाधार । भौतिक पूर्वाधारको काम पनि त्रिव्र रुपले अगाडि बढिरहेको छ । त्यसमा सिभिल इन्जिनियरियको ठूलो भूमिका र यस विषयको स्कोप पनि निकै रहेको छ । सिभिल इन्जिनियरिङमा स्नातक गरेका विद्यार्थी हाइड्रोपावर, वाटर रिसोर्स, स्ट्रक्चरल इन्जिनियरिङ, इन्भारमेन्टल इन्जिनियरि, जियो–टेक इन्जिनियरिङ लगायतका विषयमा दक्षता हासिल गर्न सक्छन् ।

२. आर्किटेक्चर इन्जिनियरिङ :-
आर्किटेक्चर इन्जिनिरियङ पनि इन्जिनिरियङको विविध विधा मध्ये एक हो । यो विषय मूलतः घर निमार्णसँग सम्बन्धित छ । यो विषय आवास, वाणिज्य, पुलहरुको, ढाँचा बनाउन कुरामा केन्द्रित छ । यो क्षेत्रसंग आबद्ध हुन राम्रो ढाचा तयार ज्ञान मात्र नभई अन्य धेरै ढाचाहरुको पनि ज्ञान हुन आवश्यक छ । यो विषयको स्कोप ढांचा निमार्णमा मात्रै सिमित छैन । यो विषय अध्ययन गर्ने विद्यार्थीले अर्बन प्लानिङ, कन्स्ट्रक्सनल म्यानेजमेण्ट लगायतामा क्षेत्रमा पनि दक्षता हासिल गर्न सक्छन् ।

यसमा करियर कस्तो रहेको छ ?
यो विषय पढेका विद्यार्थीले निजी दृढ वा परामर्श संस्थाका लागि सल्लाहकार र डिजाइनरका रुपमा काम गर्न सक्छन् । विभिन्न शहरी भवान तथा गाँउपालिका, नगरपालिका जस्ता ठाँउमा स्थानिय विकास अधिकारीका रुपमा काम गर्न सकिन्छ ।
यो विषय अध्ययन गर्ने विद्यार्थीले अर्बन प्लानिङ, कन्स्ट्रक्सनल म्यानेमेण्ट लगायतामा क्षेत्रमा पनि दक्षता हासिल गर्न सक्छन् ।

३. कम्प्यूटर इन्जिनियरिङ :-
कम्प्युटर इन्जिनियरिङ पूर्णरुपले कम्प्यूटर सफ्टवेयरसँग र हार्डवेयरसँग सम्बन्धित छ । नयाँनयाँ सफ्टवेयर निमार्णका लागि यस विषयको खाँचो पर्छ । विज्ञानको युग भएको कारणले यसको स्कोप निकै रहेको छ । नेपालमा मात्र नभएर यो विषयको संसार भरि नै उत्तिकै आकर्षण छ । यसको अध्ययन गरिसकेपछि विद्यार्थीले कम्प्यूटर र विधुतिय दुवै क्षेत्रमा हात हाल्न सक्छन् । यस विषयमा पोक्त हुनको लागि हार्डवेयर सम्बन्धि कुराहरु जस्तै स्क्रिन, किर्बोड, मदरबोर्ड, हार्डड्राइभ आदिहरुको मात्र अध्ययन गरेर हुदैन हामीले सफ्टवेयरको बारेमा पनि बुभन आवश्यक हुन्छ ।

यसमा करियर कस्तो छ ?
आईटीमा अहिले नेपालमा मात्र नभएर देशविदेशमा यसको स्कोप रहेको छ । विभिन्न सफटवेयर कम्पनि, वेब डिजाइन, बैंक, आईटी कम्पनी, दुरसञ्चार इत्यादिमा स्कोप रहेको छ । त्यसैगरी आईटी व्यवसाय सञ्चालन विश्लेषक, आईटी प्रबन्धक, जानकारी आर्किटेक्ट वा प्रणाली प्रशासक, परामर्श वा आईटी कम्पनीमा रणनीति परामर्शदाताका रुपमा काम गर्न सकिन्छ । यसैगरी कम्प्युटर इन्जिनियरिङले यस्ता विभिन्न क्षेत्रहरुमा कामको अवसर प्राप्त गर्न सक्छन् ।

४ बायोमेडिकल इन्जिनियरिङ :-
यो विषय अन्तर्गत औषधी उपचारमा आवश्यक उपकरणको निमार्ण तथा मर्मत एंव मेडिकल क्षेत्रमा आवश्यक अन्य सामग्रीको इन्जिनियरिङबारे अध्ययन हुने क्षेत्र हो यो । त्यसैगरी अस्पतालमा प्रयोग गरिने ईसीजी, एक्सरे जस्ता उपकरणहरुको निमार्ण पनि यही इन्जिनियरिङ विषय भित्र पर्छ । शरीरको एक भागको तन्तु विकास गरेर अर्को भागमा जोड्ने कामका लागि यही इन्जिनियरिङ आवश्यकता पर्छ । यो एक यस्तो विषय हो जसले बायोकम्प्याटिवल सामग्री निमाणर््ा, कृतिक उत्तक र अंगहरुसँग निमार्ण गर्न सिकाँउछ ।


यसमा करियर कस्तो छ ?
बायोमेडिकल इन्जिनियरिङमा राम्रो रोजगारीको अवसर प्राप्त गर्न सकिन्छ । बायोमेडिकल इन्जिनियरहरुले हस्पिटल, अनुसन्धान केन्द्र, चिकित्सा उपकरण निमार्ण कम्पनीमा रोजगारी पाउन सकिन्छ । कृतिम अँगकोको निमाणर््ा र यसको लागि चाहिने उपकरणको बारेमा ज्ञान दिने भएकोले गर्दा यस विषयको निकै महत्व बढदै गएको छ ।

५ इलेक्ट्रिकल इन्जिनियरिङ :-
इलेक्ट्रिकल इन्जिनियरिङ अन्तर्गत विद्युत्तीय विषय पर्छ । विद्युत्तीय प्रणली निर्माण, विकास र जाँच सम्बन्धि सीप सिक्ने मौका यस विषय पाइन्छ । यसमा घर तथा भवनहरुमा बत्ति हाल्ने, तारहरु जोड्ने, सञ्चार माध्यम जडान गर्ने, मेसिनहरु फिट गर्ने गाडि र हवाइजहाजहरुको विद्युत्तीय उवकरणहरु फिट गर्ने आदि कार्यहरु पर्दछ । यस विषय भित्र इन्जिनियरिङका विभिन्न पक्षहरु छन् । कम्प्यूटर, विद्युत, मोटर, दुरसञ्चार र साधन आदि बारे ज्ञान पाउन सकिन्छ । नेपाल जस्तो जलविद्युत्तीयको उच्च सम्भावना रहेको देशमा यसको राम्रो भविष्य रहेको छ ।

यसमा करियर कस्तो छ ?
यो विषयको निकै स्कोप रहेको छ । उद्योग, पावर प्लान्ट, वैकल्पिक ऊर्जा, विभिन्न नल विद्युत आयोजनाहरुमा रोजगारिको अवसर रहेको छ । नेपाल विद्युत प्राधिकरण, नेपाल एयरलाइन्स, नेपाल टेलिकम, एनसेल इत्यादिमा जागिरको अवसर प्राप्त गर्न सक्छन् । विद्युत्तीकरण र डिजाइनका लागि यो इन्जिनियरिङ धेरै राम्रो छ ।


६. इलेक्ट्रिकल एण्ड कम्यूनिकेसन इन्जिनियरिङ :-
इलेक्ट्रोनिक्स एण्ड कम्यूनिकेसन इन्जिनियरिङ सञ्चार प्रविधिका स-साना सामग्रीसँग सम्बन्धीत छ । आजको युग विज्ञानको युग भएको कारण इलेक्ट्रिकल उपकरणहरुको महत्व बढि छ । कुनै पनि क्षेत्रकम इलेक्ट्रिकल उपकरण विना कार्य सफल हुन सक्दैन । आज जति पनि प्रकारको मोबाइल, कम्प्यूटर र अन्य उपकारणहरु छन् ती सबै इलेक्ट्रोनिक्स एण्ड कम्यूनिकेसन इन्जिनियरिङसँग सम्बन्धित छ । यो एक राम्रो स्कोप भएको विषय हो ।

यसमा करियर कस्तो छ ?
यो विषय पढेको विद्यार्थी उद्योग निमार्ण, दुर संचार, मोटर, मोबाइल, ऊर्जा क्षेत्र सौर्य फोटो विशेषज्ञका रुपमा काम गर्न सक्छन् । त्यसैगरी डिजाइन, सम्मिलित प्रणली र रोबेटिक्स नेटर्वोकिङ, अप्टिकल फाइबर प्रसारण इन्जिनियर, आईसीसी आदिका रुपमा रोजगार प्राप्त गर्न सक्छन् । ब्याच्लर गरेकाहरुले डाटा कम्युनिकेसन, डिजिटल सेटलाइट कम्यूनिकेसन आदिमा दक्षता हासिल गर्न सक्छन् ।

७. एग्रिकल्चर इन्जिनियरिङ :-
यो विषयले कृषि क्षेत्रमा आफ्नो ढाँचा र योजना सृजना गर्न मद्दत गर्छ । नेपाल एक कृषि प्रधान देश हो र यो इन्जिनियरिङले यस क्षेत्रमा राम्रो तरिका र संरचनात्कम रुपले अगाडि बढाउदै लैजान्छ । नेपाल तथा कृषि क्षेत्रमा कसरी आधुनिकिकरण ल्याउन सकिन्छ भन्ने ज्ञान यस विषयले दिने गर्छ । कृषिमा प्रयोग हुने आधुनिक सामग्रीहरुको निमार्ण र डिजाइन यस विषमा अध्ययन गर्न पर्ने हुन्छ ।

यसको कस्तो स्कोप रहेको छ ?
नेपाल एक कृषि प्रधान देश हो । देशमा आधुनिकिकरणले राज गरेता पनि मानिसहरु आधुनिक कृषि उपकरणहरुको प्रयोग धेरै गरेको पाइदैन । यसमा एक एग्रीकल्चर इन्जिनियरिङलाई कृषि क्षेत्र विकास गर्न निकै मद्दत पुराउन सक्छ । एग्रिकल्चर इन्जिनियरिङको मूख्य काम भनेको कृषि उपकरणहरु बनाउने हो । त्यसैले यस विषय पढ्ने विद्यार्थीले यसै क्षेत्रमा अवसरप्राप्त गर्न सक्छन् ।

८. मेकानिकल इन्जिनियरिङ :-
मेकानिकल इन्जिनियरिङले इन्जिन र मेसिनहरुको निर्माण गर्ने ज्ञान दिन्छ । मेकानिकल इन्जिनियरिङ औद्ययोगिकीकरणको मेरुदण्ड मानिन्छ । उद्योग, कलकारखानामा आवश्यक पर्ने मेसिनहरुको निर्माण यही विषय अन्तर्गत पर्छ । त्यसको साथै यस क्षेत्रका इन्जिनियरहरु मोटर र साना हवाइयन्त्र निर्माण, लिफ्ट, फ्रिज आदि निमार्ण गर्छ । यो क्षेत्रमाले नयाँनयाँ मेसिनरी सामानहरुको निमार्ण गरी मानिसलाई धेरै सजिलो बनाइएको छ । मेकानिकल इन्जिनियरिङले देश विकासमा ठूलो भूमिका निवार्ह गर्छ ।

यसको स्कोप कस्तो रहेको छ ?
मेकानिकल इन्जिनियरिङको नपालमा मात्रै नभएर विश्वभरि नै यसको स्कोप रहेको छ । यो विषय अध्ययन गर्ने विद्यार्थीले हाइड्रोपावर पाल्न्ट, अटोमोबाइल कम्पनी, कन्स्ट्रक्सन कम्पनी, अल्ट्रनेटिभ इनज्रि प्रोजेक्ट जसता क्षेत्रमा अवसर प्राप्त गर्न सक्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *