त्रिविको वि. एस्सी. कृषि प्रथम सत्रको परीक्षा सारीयो


काठमाडौ/ १२ पुस – त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थान डीनको कार्यालयले १० दिनको लागि परीक्षा मिति सारेको छ ।

कृषि र पशु विज्ञान अध्ययन संस्थान डीन कार्यालयलले वि. एस्सी. कृषि प्रथम सत्रको परीक्षा २०७७ /०९ /१७ गतेबाट लिइने सुचनामा उल्लेख भएतापनि केही परीक्षा केन्द्रहरुका केही परीक्षार्थीहरुमा कोभिड–१९ को संक्रमित भेटिएकोले यस्तो संवेदनशील अवस्थालाई ध्यानमा राखी थप जोखिम बढ्न नदिन मिति २०७७ /०९ /१७ गतेबाट सञ्चालन हुने उक्त तहका परीक्षाहरु विशेष परिस्थितीले गर्दा मिति २०७७ /०९/ २७ गतेबाट हुने जनाएको छ ।

साथै सो तहको परीक्षा तालिका पछि प्रकाशित गरिनेछ कृषि र पशु विज्ञान अध्ययन संस्थान डीनको कार्यालयले जानकारी दिएको छ ।