लर्ड बुद्ध कलेज र नेपाल चेम्बर अफ कमर्स विच छात्रवृत्ति सम्बन्धी समझदारी


काठमाडौं /१२ पुस – नेपाल चेम्बर अफ कमर्स र लर्ड बुद्ध एजुकेशन फाउण्डेशन क्याम्पस बीच शैक्षिक छात्रवृत्ती उपलब्ध गर्न नेपाल चेम्बर व्यवसायीक छात्रवृत्ति सम्बन्धी समझदारी भएको छ ।

चेम्बर फाउण्डेशनमार्फत् विगतदेखी उपलब्ध हुंदै आएको छात्रवृत्तिलाई निरन्तरता दिदैं दोश्रो पत्रमा हस्ताक्षर समेत गरीएको छ । लर्ड बुद्ध एजुकेसन फाउण्डेशन क्याम्पसको तर्फबाट फाउण्डेशनका अध्यक्ष पंकज जालान तथा नेपाल चेम्बर अफ कमर्सको तर्फबाट चेम्बरका सामाजिक तथा खेलकुद समितिका सभापति दीपक काजी तुलाधरले सो समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको थियो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले दोश्रो पटक शैक्षिक छात्रवृत्ती उपलब्ध गराएकोमा लर्ड बुद्ध एजुकेशन फाउण्डेसनलाई धन्यवाद ज्ञापन गर्दै उक्त छात्रवृत्ती विपन्न वर्गका प्रतिभाशाली विद्यार्थीहरुको छनौट गरी जिल्ला चेम्बर मार्फत् वितरण गरिने बताएको छ ।

समझदारी पत्र अनुसार कूल १,१७,९५,०००। राशीको उद्यमशील छात्रवृत्ति अन्तर्गत ४९ जना विद्यार्थीहरुलाइ पूर्ण तथा आंशिक रुपमा शुल्क छुट गरिएको छ । सो मध्ये ७ जना महिलालाई पूर्ण रुपमा छुट प्रदान गरिने भएको छ । यसैगरी दोश्रो नेपाल चेम्बर व्यवसायीक छात्रवृत्ती अन्तर्गत व्याचलर इन बिजनेश म्यानेजमेण्ट (ई–बिजनेश) मा अध्ययनको अवसर प्राप्त गर्नेछन् ।

बिबिएम ई–बिजनेश अध्ययन गर्ने विद्यार्थीहरुले अध्ययन पश्चात् अनलाइन बिजनेश, मार्केटिङ्ग, मानव संसाधन, प्रोडक्ट ब्राण्डीङ्ग आदी क्षेत्रमा आफ्नो करियर बनाउन सक्छन । कलेजले जनाए अनुसार बिबिएम ई–बिजनेश अध्ययन गर्ने विद्यार्थीहरुले चाहेमा दोश्रो वर्षदेखि अष्ट्रेलियाको वेष्टर्न सिड्नी विश्वविद्यालयमा सोझै भर्ना पाउन सक्ने व्यवस्था रहेको समेत जनाएका छन् ।

सन् १९९८ मा स्थापित लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँग आबद्ध भई नेपालमै सस्तो र सुलभ तरिकाबाट सुचना–प्रविधि, व्यापार व्यवस्थापन र जैविक प्रविधि जस्ता अत्याधुनिक विषयहरुको समेत पठन–पाठन गर्दै आइरहेको छ ।