काठमाडौ /११ पुस – विश्वविद्यालय अनुदान आयोगले अनुदानका लागि सम्पुर्ण कलेजहरुलाई प्रस्ताव आह्रवान गरेको छ ।
उच्च शिक्षाको विकास ,विस्तार समग्र गुणस्तर अभिवृद्धि गर्न विद्यार्थीहरुलाई छात्रवृत्ति तथा अध्ययन अध्यापनमा संलग्न शिक्षक तथा कर्मचारीहरुको सीप,दक्षता क्षमता अभिवृद्धिका लागि पुनर्ताजगीकरण,अनुसन्धान विधि तालिम,अनुसन्धान साहायता,सामुदायिक क्याम्पसलाई सञ्चालन तथा विकास गर्न साथै उच्च शैक्षिक संस्थाहरुको शैक्षिक,प्राज्ञिक र भौतिक क्षमता अभिवृद्धि जस्ता कार्यक्रम सञ्चालन गर्न आयोगले प्रस्ताव आह्रवान गरेको हो ।
सहयोग आवस्यक पर्ने सरोकालवालाहरुले आयोगको कार्यक्रम कार्यविधि २०७७ मा तोके अनुसार ढाँचामा रही छुट्टाछुट्टै आवेदन र प्रस्ताव समयसिमा भित्रै पेश गर्न भनेको छ ।




