व्यवसाय संकटमा परे पनि समाजिक सेवामा सक्रिय ईक्यान


कठमाडौ /२३ असोज – नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) ले ज्येष्ठ नागरिक र श्रमिक परिवारलाई सहयोग गरेको छ । इक्यानको सामाजिक उत्तरदायित्व बिभागले संयोजनमा शुक्रबार भक्तपुर र काठमाडौंका दुई सामाजिक संस्थामा पुगी सहयोग गरेको हो ।

कोभिड–१९ संक्रमण रोकथामका कारणले लामो समय बन्दाबन्दी र निषेधाज्ञाले ज्येष्ठ नागरिक,ज्याला मजदुरी गर्ने श्रमिक बर्गलाई रेखदेख गर्ने संघ सस्था अफ्ठ्यारो परिरहेको अवस्थामा ईक्यानले सहयोग गरेको छ ।

ईक्यान केन्द्रिय कार्यसमितिले आज भक्तपुर जिल्लाको कौशलटारमा रहेको मानव सेवा आश्रमको भक्तपुर शाखामा आश्रित बालबालिका तथा बेसहारा, असहाय, अशक्त ज्येष्ठ नागरिकको जिवीकोपार्जनमा सहयोग गर्ने उद्देश्यले एक महिनाको खानको लागि आवश्यक सामाग्रीहरु बितरण गरेको छ ।

ईक्यानले सामाजिक उत्तरदायित्व वहन गर्दे विभिन्न संस्थालाइ सहयोग गरेको इक्यानका अध्यक्ष प्रकाश पाण्डेले बताए । जेष्ठनागरिक प्रति कुनै पनि संस्थाले सकारात्मक सोच र व्यवहार प्रदर्शन गरे मात्र वाहाहरु प्रती सच्चा स्नेह, माया, प्रेम र सद्भाव प्रकट गरेको ठहरिने पाण्डेले बताए । ज्येष्ठ नागरिक समाजका बोझ होइनन्, बरु अमूल्य सम्पत्ति हुन् भन्ने कुरा स्थापित हुन जरुरी रहेको र यो सानो सहयोग त्यस्कै प्रतिबिम्ब रहेको पाण्डेले बताए ।

ईक्यानका महासचिव दिपकराज भुषालले जीवन रहेमा जगत रहने छ, जगत रहे व्यवसाय पनि एक दिन पक्कै लयमा फर्किन्छ भन्ने दृढ विश्वासका साथ अघि बढिरहेको बताए । वर्तमान संकटपुर्ण घडीमा सक्नेहरुले महामारीको मारमा परेकालाई सकेको सहयोग गर्नु पर्छ भन्ने मान्यता आफुहरुको रहेको उनको भनाई छ ।

त्यस्तै ईक्यानले काठमाडौंको बालाजु औद्योगिक क्षेत्रका मजदुर तथा स्थानीय बिपन्न परिवारका बालबालिकालाई शिक्षा लगायत अन्य क्षेत्रमा सहयोग गरिरहेको संस्था होप वल्र्डवाइड नेपालद्वारा सञ्चालित आशा बिद्यााश्रमलाई सहयोग गरेको छ । ईक्यानले ११० जना बिद्यार्थीहरुको लागी आवश्यक सामाग्रीहरु उपलब्ध गराएको हो ।


ईक्यान सामाजिक उत्तरदायित्व विभाग संयोजक सुस्मा आचार्यले ईक्यान जस्तो सुकै विपतमा पनि सामाजीक सेवामा प्रतिवद्ध र समर्पित रहदै आएको जनाएकी छन् ।