स्टडि ग्रुपका कारण नेपाली विद्यार्थीको विजोक


काठमाडौ /२३ असोज – बेलायतस्थित हडर्सफिल्ड विश्वविद्यालयमा चार वर्षको भिसा लाग्ने लोभमा विद्यार्थीलाई गलत जानकारी दिइएकै कारण धेरै विद्यार्थी समस्यामा परेका छन । विद्यार्थीलाई जसरी पनि विदेश अध्ययनमा जानु पर्ने र अभिभावकलाई जसरी पनि विदेश अध्ययनमा पठाउनु पर्ने कारणले कोर्स र विश्वविद्यालयको विषयमा राम्रोसंग नबुझदा बेला बेलामा यस्ता समस्या आउने गरेको छ ।

पछिल्लो समय हडर्सफिल्ड विश्वविद्यालयमा अध्ययनरत करिब एक सयमध्ये झन्डै तीन दर्जन विद्यार्थी बिनासर्टिफिकेट नेपाल फर्कन बाध्य भएको कुराले पनि यो विषयलाई छर्लङ्ग पारेको छ ।

विदेशको शैक्षिक प्रणालिका बारेमा अनभिज्ञ विद्यार्थी विदेश अध्ययन जानकै लागि ठुलो रकम खर्चेका हुन्छन । तर नेपाल सरकारको कमजोर व्यवस्थापन प्रणालिले कलिला विद्यार्थीहरुले दुःख पाईरहेका छन ।

केहि त्यस्ता संस्था छन जुन नेपालमा दर्ता भएका छैनन र एकजना सम्पर्क व्यक्ति राखेर विभिन्न प्रलोभन देखाएर विद्यार्थीलाइ विदेश अध्ययनमा पठाइरहेका छन । ति संस्थाहरुले पठाएका विद्यार्थीहरु विदेश गइसके पछि समस्यामा पर्ने गरेका छन ।

स्टडि ग्रुपले यस्तै काम गरीरहेको छ । नेपालमा दर्ता र सम्पर्क अफिस दुबै नभएको उक्त संस्थाले एकजना सम्पर्क व्याक्ति राखेकै आधारमा धमाधम विद्यार्थीलाई विदेश अध्ययनमा पठाइरहेको छ । शैक्षिक परामर्श संस्थाहरुलाइ प्रभावमा परेर स्टडि ग्रुपले काम गरीरहेको छ । तर केहि शैक्षिक परामर्श संस्थाहरु पनि यसमा दोषि देखिन्छन् ।

विश्वविद्यालयहरु संगको सहकार्यलाई स्टडि ग्रुपले नेपाली विद्यार्थीको लागि गलत रुपमा प्रयोग गरेको छ । विश्वविद्यालय अध्ययनमा जान चाहाने विद्यार्थीहरुको विभिन्न कारणले डकुमेन्ट नपुगेका,एकेडेमिक अंक नपुगेका विद्यार्थीलाई छोटो बाटो फाउन्डेसन कोर्स देखाउदै विदेश पठाउदै आएको छ ।

यो कोर्स वृजकोर्स जस्तै हो जसमा भाषा र सम्बन्धित विषयमा पढाइ हुन्छ । यो विश्वविद्यालयको कोर्स होइन तर विश्वविद्यालयसंगको सहकार्यमा विकसित देशका विद्यार्थीको लागि निर्माण गरिएको कोर्ष हो । यो कोर्स अध्ययन गर्देमा विश्वविद्यालयमा अध्ययन गर्न पाइन्छ भन्ने निश्चित हुदैन । तर विश्वविद्यालयको मापदण्ड अनुसार यो कोर्स पुरा गरेको खण्डमा मात्र विश्वविद्यालयले भर्ना लिने गरेका छन् ।

स्टडि ग्रुप अन्र्तगतका विश्वविद्यालयमा विद्यार्थी भर्ना गर्ने क्रममा आइएलटिएस र ऐकेडेमिकमा कम अंक प्राप्त भएका विद्यार्थीलाई विश्वविद्यालयले भार्ना नलिए पछि विद्यार्थीलाई फाउन्डेसन कोर्समा धकेल्नु र जसरि हुन्छ विद्यार्थीलाइ पठाएर पैसा कमाउनु यसको उदेश्य देखिन्छ । फाउन्डेसन कोर्स सजिलो छ, बेलायतमै गएर यो कोर्स पढेपछि विश्वविद्यालयले भर्ना लिन्छ र तीन वर्षको भिसा बढ्छ भने पछि विद्यार्थी विश्वस्त भएर अध्ययनमा जाने गरेका छन ।

बेलायतका विभिन्न विश्वविद्यालयसंग सहकार्य गरेर विकसित देशका विद्यार्थीको लागि यो कोर्ष निर्माण गरीएको हो । तर नेपाल जस्तो अल्पविकसित देशमा यो कोर्सको प्रमोशन गरीरहेको छ । आफ्ना प्रतिनिधि राखेर नेपालमा यसका बारेमा विद्यार्थीहरुलाई गलत जानकारी दिइएकै कारण नेपालि विद्यार्थी बेलायत गइसकेपछि समस्यामा पर्ने गरेका छन ।

विद्यार्थीले विश्वविद्यालयको मापदण्ड अनुसार यो कोर्स पुरा गरेको खण्डमा मात्र भर्ना लिन्छन तर यो कोर्स अध्यायन गर्न गाह्रो र नेपाल जस्तो देशबाट जाने विद्यार्थीका लागि निर्माण नगरीएको कोर्स भएकाले सबै नेपाली विद्यार्थीहरुले कोर्स पुरा गर्न सक्दैनन । कोर्स पुरा गर्न नसकेपछि विश्वविद्यालयले भर्ना लिदैन र विद्यार्थी आफनो देश फर्कनुको विकल्प रहदैन ।


नेपाली विद्यार्थीहरु पढनको लागि मात्र विदेश अध्ययनमा गएका हुदैनन् उनिहरु पढाइसंगै अध्ययन गर्दा लाग्ने खर्च र आफु विदेश अध्ययनमा जाँदा लागेको खर्च कमाएर र्तिछु भनेर गएका हुन्छन । टयुसन फि महंगो रहेको यो कोर्स थोरै समयको लागि मात्र हुन्छ र भिषा अवधि पनि थोरै हुन्छ । जसले गर्दा नेपाली विद्यार्थीहरुलाई बेलायत गइसकेपछि समस्या पर्नेे गरेको छ ।