शैक्षिक सत्र खेर नजाने : सिकाएर कि पास गराएर ?

मधु लोहनी

एकजना विद्धान कुनै दिन एउटा ठूलो नदी पार गर्ने ठाउँमा पुगेछन् । डुङ्गामा खोला तर्ने व्यवस्था रहेछ । डुङ्गा चढे पछि डुङ्गा ख्याउने मानिस र विद्धान यात्री विच कुराकानी हुने नैं भयो । प्रसङ्गवस् विद्धान यात्रीले सोधेछन् – ‘तपाईलाई भुगोलको वारेमा कति थाहा छ ?’ ति वृद्ध वोटेले उल्टै ‘भुगोल भनेको के हो सर ?’ भनेछन् । विद्धानले वोटेलाई ‘मान्छे त यसै वुढो हुनुभएछ । जान्नुपर्ने कुरा सिक्नुभएनछ । तपाईको २५ प्रतिशत जीवन खेर गएछ’ भनेछन् । अनि फेरी ती विद्धानले ‘तपाईलाई विज्ञानका वारेमा के थाहा छ’ भनेर सोधेछन् । वोटेले ‘मैले त्यस्तो त केही पनि जानेको छैन् त’ भनेछन् । विद्धानले ‘ओहो ! तपाईलको ५० प्रतिशत जीवन खेर गएछ । तपाईलाई पछुतो हुनेभयो ’ भनेछन् । डुङ्गा अगाडी वढ्दै गयो । वुढा मानिस आफ्नो सुरले यो भुगोल र विज्ञान भनेको के रहेछ भन्ने सोच्दै डुङ्गा ख्याइरहेछन् । विद्धानलाई ति वृद्ध प्रति दयाको भावना पलाइरहेको रहेछ । र, फेरी सोधेछन् – ‘तपाईलाई जोखिम व्यवस्थापनका वारेमा त केही थाहा छ होला नी ?’ । बोटेले भनेछ –‘थाहा छैन् त हजुर, त्यस्तो कुरा त खै के थाहा र ?’ विद्धानले अचम्म मानेछन् । उनले बहुत चिन्ता लिएछन् र भनेछन् –‘तपाईको जिन्दगी त ७५ प्रतिशत खेर गएछ त । के गर्नुभयो जिन्दगीमा ?’ बोटे चिन्तित भएछ । दुख मानेछ । उ निराश भएर डुङ्गा खियाइरहेछ । दुवै जना खोलाको विच तिर पुगेछन् । त्यती वेला नैं आकाश अध्याँरो भएछ । हुरीवतास चल्न थालेछ । तुफान आएछ । डुङ्गा टिलपिल हल्लन थालेछ । बोटेले विद्धानलाई सोधेछ –‘तपाईलाई पौडी खेल्न आउँछ ?’ विद्धानले भनेछन् – ‘अहँ, मलाई त आउँदैन त ।’ बोटेले भनेछ – ‘तपाई जिन्दगी त १०० प्रतिशत सकिएछ ।’ बोटेले खोलामा जम्प गरेछ र पौडी खेल्न थालेछ ।

आजका मितिमा कुर्सीमा बसेका राजनितिक र प्रशासनिक नेतृत्वले यसको जिम्मेवारी लिनु पर्छ नैं । किनभने त्यस्ता समस्याहरुलाई फुकाउने जिम्मेवारी पनि आजका तिनै मान्यवरहरुकै हो । हो, समय सजिलो छैन् । यो भुमिकामा सर्वेसर्वाहरु लाचार र र्निलज्ज देख्छु । माफ गर्नुहोला, म बिनम्रताका साथ भनौं – स्वाँठ देख्छु ।

अहिले शैक्षिक सत्र खेर जाने कि नजाने एउटा वहस छ । शिक्षा मन्त्रीले शैक्षिक सत्र खेर जान हुँदैन भन्नु भएको छ । सरकारका अधिकारीहरु लगातार झण्डै झण्डै समयमा नैं शैक्षिक सत्र टुङ्गयाउने कुरा गरिरहेका छन् । शिक्षा मन्त्रालय अत्यान्तै लोसो भयो । चैतमा रोकिएको शिक्षाका गतिविधी सहजै र समयमै सुचारु गर्न सकिने सवै संभावनाहरु सदुपयोग भएनन् । प्रत्येक दिन र प्रत्येक क्षण संभावनाहरु मारिदैछन् । हामिले समय धेरै खेर फाल्यौं । खासमा हामि यति धेरै कमजोर र असक्षम चाँही थिएनौं । हैनौं । तर, शैक्षिक कार्यकलापलाई बहाली गर्ने विषयमा हामि चुक्यौं । मानिसले कतिपय कुरा आफ्नो फाइदाका लागि गर्ने, नगर्ने वा फरक ढङ्गले गर्ने विचार आउन सक्छ । म दावी र विश्वासका साथ भन्न सक्छु, शिक्षा मन्त्री र मन्त्रालयले आफ्ना कुनै फाइदाका लागि शिक्षा क्षेत्रलाई अनिर्णयको वन्दी बनाएका चाँही हैनन् । खासमा कि त यो निर्णय गर्ने मानिसहरुको पुरापुरा असक्षमताको कारण हो वा संरचनको जडता हो । यो एउटा दिन, घटना वा व्यक्तिको असक्षमताको उपज पनि हैन् । निसन्देह यसमा ऐतिहासिकता र संस्थाथत असक्षमता जोडिएका छन् । त्यस्ता असक्षमताहरु केही व्यक्तिगत र केही सरंचनागत पनि रहेकाछन् । आजका मितिमा कुर्सीमा बसेका राजनितिक र प्रशासनिक नेतृत्वले यसको जिम्मेवारी लिनु पर्छ नैं । किनभने त्यस्ता समस्याहरुलाई फुकाउने जिम्मेवारी पनि आजका तिनै मान्यवरहरुकै हो । हो, समय सजिलो छैन् । यो भुमिकामा सर्वेसर्वाहरु लाचार र र्निलज्ज देख्छु । माफ गर्नुहोला, म बिनम्रताका साथ भनौं – स्वाँठ देख्छु ।

चाँडै भौतिक रुपमा विद्यालयहरु फेरी खुल्लान र पठन पाठन शुरु होला भन्ने विश्वास छैन् । यस्ता विश्वासहरु पटक पटक धोकामा प्रतिविम्वित भइसकेका छन् । विद्यालयसगँ जोडिएका मानिसहरुले चालु शैक्षिक सत्र २०७७ अव यस्तै यस्तै हुन्छ भनेर वुझ्दा राम्रो हुन्छ भन्ने मेरो वुझाई छ । यो वुझाईले नोक्सान कसैको गर्दैन् । बरु तयारीका लागि फाइदै गर्छ । यस्तै यस्तै हुन्छ भनेको के ? भौतिक रुपमा पढाइ संभव हुदैन भनेको । तर, फेस टु फेस कक्षा शुरु नभए पनि सिकाईलाई लठिभद्र छोड्ने छुट कसैलाई छैन् । यस्तो वेइमानी यही धर्तिमा दण्डित हुनुपर्छ । यँहा दण्डित भएनन् भने पनि यो लठिभद्र वनाउनेहरुले स्वर्ग र नर्कका ढोकाका विचमा बसेका चित्र गुप्तलाई यसको जवाफ दिनै पर्छ । त्यसैले कुनै न कुनै हिसावले संभव उपायहरु अपनाउँदै सिकाई कार्यकलाप शुरु हुनै पर्दछ ।

तसर्थ कुनै न कुनै हिसावले हामिले शैक्षिक गतिविधी संचालन गर्ने काममा एक दिन पनि ढिलो गर्न भएको छैन् । ८२ लाख बालबालिकाहरु मध्ये कसले कँहा वसेर कसरी के सिकिरहेकाछन् , त्यसलाई अझ प्रभावकारी वनाउने काम कुनै मङ्गल ग्रहमा रकेट पुर्याउने जति गाहे काम हैन् । सिकाईमा नजोडिएकाहरुलाई पनि सजिलै जोड्न सकिन्छ । यो काम गर्न ७५३ स्थानिय सरकार, ७ प्रदेश सरकार र एउटा संघीय मन्त्रालय छन् । यही वर्ष मात्र १७१ अर्वको वजेट छुटिएको छ । अरवौंको सहयोग आवश्यक परे सिठी बजाका भरमा जुटाउन सकिन्छ । खरवौंका संरचनाहरु तथा यसअघि नैं त्यही प्रयोजनका लागि उभिएका छन्, यद्यपी यो वर्ष तिनीहरुको प्रयोग यो प्रयोजनका लागि हुने संभावना कम छ । ८२ लाख मध्ये तिस लाख विद्यार्थीलाई निजी क्षेत्रले सजिलै सेवा दिन सक्छ । ३० लाख मध्ये आधाउधीलाई अहिले नैं दिनँहु बहुतै प्रभावकारी ढङ्गले अनलाइन कक्षामा पढाइरहेकै छन् । प्रतिगामी सरकारले अनलाइन नचलाउ भनेर निर्देशन दिदाँ दिदै । सरकारले फगत लौ शुरु गर मात्र भनिदिए पुग्ने स्थिति छ । ५ लाख प्रत्यक्ष शैक्षिक रोजगारीमा जोडिएको जनशक्तिले यो काम सजिलै गर्न सक्छ । पैसाले सवै काम गर्दैन् । इच्छा शक्ति र तत्तपरता चाहिन्छ । तर, सरकार ढाके्र्र भयो । यसको प्रणालीमा लेउ जम्यो । इच्छा शक्ति भएका भन्दा अर्घेल्याँई गर्ने धेरै भयौं ।

८२ लाख बालबालिकाहरु मध्ये कसले कँहा वसेर कसरी के सिकिरहेकाछन् , त्यसलाई अझ प्रभावकारी वनाउने काम कुनै मङ्गल ग्रहमा रकेट पुर्याउने जति गाहे काम हैन् । सिकाईमा नजोडिएकाहरुलाई पनि सजिलै जोड्न सकिन्छ । यो काम गर्न ७५३ स्थानिय सरकार, ७ प्रदेश सरकार र एउटा संघीय मन्त्रालय छन् ।

एक छिन फेरी यता सिपकै कुरा । सिकाई र पास फरक कुरा हुन् । परिक्षाका हाम्रा चलनचल्तीका विधीको प्रभावकारिताका वारेमा यसै पनि छलफल गर्नै पर्ने वेलामा हामि थियौं । जोड दिनु पर्ने विषय चाँही पढाई सिकाई नैं हो । त्यसैले शैक्षिक सत्रको सही व्यवस्थापन भित्र परीक्षा हैन्, सिकाइ प्राथमिकतामा पर्नुपर्छ ।

संकटका वेला ठूला ठूला कुरा हैन्, आधारभुत कुराले माने राख्छ । २०७७ सालमा नानीहरुले सिकेका कुरालाई आधार मानेर समय खेर नगएको मान्न सकिने आधार प्रशश्त छन् । सिक्नुपर्ने कुरा आफूलाई काम लाग्ने कुराहरु नैं हुन् ।

संकटका वेलामा काम लाग्ने कुरा चाँही हो सिक्नुपर्ने कुरा । विद्धता र सिकाई त्यँही खोज्नुपर्दछ । अहिले बालबालिकाले काम लाग्ने कुरा सिकेकै छन् । आजको आधारभुत कुरा विद्यार्थीले सिकेका छन् । निसन्देह ति काम लाग्ने कुरा थिए । आधारभुत तहमा सिकाई उमेर र भोगाई पनि हो । २०७२ सालको भुकम्प भोगेको मानिसले भुकम्प सिकेको छ । वाढिमा पौडिएर वाँचेको मानिसले वाढि पैरो लगायतको प्रकोप बुझेको छ । यो समय एचसिएफ र एलसिएम (लस र मस) को हिसाव जान्यो कि जानेन भन्ने कुरा भन्दा महत्वपूर्ण कुरा अरु नैं छन् । क्वारेन्टाइन बस्ने सिप सिक्ने भोग्ने काम नैं अहिलेको प्रमुख सिकाई हो । यो संकट भोगेको वेलामा उसले प्रतिकुल परिस्थितमा समायोजन भएर वस्ने सीप सिकेको छ । समाचार सुनेर विश्लेषण गर्ने र वुझ्ने क्षमता सिकेको छ । सिक्दै नसिकेको हैन् । शिक्षकले यसलाई गणना गर्नुपर्दछ । गर्न जान्नुपर्दछ । त्यो हिसावमा अहिले कुनै न कुनै हिसावले पठन पाठन भएकै छ भन्न सकिने आधारहरु छन् । अझै धेरै सिकाउने अवसर छ ।

अव शैक्षिक सत्र खेर जाने र नजाने विषय । कसले भनेका हो अन्त्यमा सत्यकै जित हुन्छ भनेर कुन्नी । तर, मलाई चाँही त्यस्तो लाग्दैन । सत्यकै जित हुने हो भने पनि अन्त्यमा हुने हो रे । र, त्यो अन्त्य कहिले हुने हो थाहा छैन् । इतिहास बहुत निर्मम छ । फर्किएर हेर्ने हो भने यँहा सत्यले जितेको छैन् । बहादुरले जितेको छ । पौरखले जितेको छ । निर्धाहरुले हारेकै छन् । आजका मितिमा पनि भाइभारदारहरुका छोराछोरीहरु पढ्नलाई रोकिएका छैनन् । उनीहरु अनलाइनवाट मज्जाले सिकिरहेका छन् । रैतिका छोराछोरीहरु हुन्, अलमलिएका । भारदारहरुले अनलाइनावाट भएको पढाई सिकाईलाई मान्यता दिने नैं छन् । किनकी उनलाई आफ्ना सन्तानले सिकेका कुरामा शङ्का छैन् । हेर्दै गर्नु होला – जनताहरुका छोराछोरी पनि आउँदो वैशाखमा माथिल्लो कक्षामा जाने छन् । नपढे पनि जानेछन् । भाइभारदारका त पढेरै सिकेरै माथिल्लो कक्षा जानेछन् । सिकाईको वढ्दो खाडल झन वढ्नेछ । जनता पनि खुसी, भाइभारदारहरुले पनि आफ्ना छोराछोरीलाई अन्याय हुन दिने छैनन् । उनको पढेर सिकेर जानेर वर्ष खेर जाने छैन् । जनताका छोराछोरी नपढे पनि प्रमोशन पाएर वर्ष खेर जाने छैन् । एउटाले गंगामा स्नान गरेर धर्म कमाउने छ । अर्कोले गंगाजल आच्मन गरेर धर्म कमाउने छ ।

इतिहास बहुत निर्मम छ । फर्किएर हेर्ने हो भने यँहा सत्यले जितेको छैन् । बहादुरले जितेको छ । पौरखले जितेको छ । निर्धाहरुले हारेकै छन् । आजका मितिमा पनि भाइभारदारहरुका छोराछोरीहरु पढ्नलाई रोकिएका छैनन् । उनीहरु अनलाइनवाट मज्जाले सिकिरहेका छन् । रैतिका छोराछोरीहरु हुन्, अलमलिएका । भारदारहरुले अनलाइनावाट भएको पढाई सिकाईलाई मान्यता दिने नैं छन् । किनकी उनलाई आफ्ना सन्तानले सिकेका कुरामा शङ्का छैन् । हेर्दै गर्नु होला – जनताहरुका छोराछोरी पनि आउँदो वैशाखमा माथिल्लो कक्षामा जाने छन् । नपढे पनि जानेछन् ।

यतिखेर प्रत्येक नागरिकले पनि आफ्नो ठाउँवाट आफैं सचेत हुन आवश्यक छ । सरकार हामिले चिनेकै हो । आक्रोश हामिले पोखेकै हो । हाम्रो आक्रोशलाई हतियार बनाएर छट्टुहरुले वेलाबेलामा राजनितिक लाभ लिएकै हो । हाम्रो दुरुपयोग भएकै हो । सिकाई उपलव्धी सुनिश्चितता सहितको शैक्षिक सत्रको सदुपयोग आजको आवश्यकता हो । र, यो काम शिक्षाको अभियानमा जोडिएका तमाम मानिसहरुको सहकार्य अनि अभिभावक र शिक्षकहरुको जोडदार एक्यवद्धता वाट मात्र संभव छ । सरकार त विरवलको खिचडी पकाइरहेकै छ ।

लेखक प्याव्सन केन्द्रिय समितिका सचिव हुन् । लेखमा प्रस्तुत विचारहरु लेखकका निजी विचार हुन् ।