आजदेखि पुन श्रव्यदुश्य पठनपाठन हुने,यस्तो छ समय तालिका

काठमाडौं/१६ भदौ – शिक्षा तथा मानव स्रोत विकास केन्द्र श्रव्यदुश्य शाखा सानोठिमी भक्तपुरले भदौ १६ गते देखि ३१ गतेसम्म प्रसारण हुने श्रव्यदृश्य तथा श्रव्य पाठहरूको समय तालिका आज सार्वजनिक गरेको छ ।


कोभिड-१९ को सङ्कमणका कारण देश भरका सबै विद्यालयहरूको पठनपाठन प्रभावित भएकाले वैकल्पिक शिक्षण सिकाइ कार्यलाई निरन्तरता दिने उद्देश्यले मन्त्रालयले पुनः वैकल्पिक शिक्षणको समय तालिका सार्वजनिक गरेको शाखाका रेडियो इन्जिनियर सन्तकुमार महर्जनले जानकारी दिए ।


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट गत जेठ १८ गते जारी गरिएको वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७ ले निर्दिष्ट गरे अनुसार केन्द्रले पाठ्यक्रम र पाठ्यपुस्तकमा आधारित भई उत्पादन गरिएका कक्षा १-८ का विषयगत श्रव्यदृश्य पाठहरू नेपाल टेलिभिजनको एनटिभी प्लस च्यानलबाट र कक्षा १-१० का विषयगत श्रव्यदृश्य पाठहरू डिस मिडिया नेटवर्क लिमिटेडको डिसहोम, एनआइटी स्ट्रिम्ज प्रालि, सिएच नेट टिभी, मेघा म्याक्स टिभी प्रालि, छ म्याक्स टिभी, डिभिनी स्ट्रिम्ज नेटवर्क प्रालिको मेरो टिभी र सिबिसु केवलनेट प्रालिको क्लियर टिभीको विद्यालय शिक्षा साविक झै प्रसारण हुने भएको छ ।


त्यसैगरी, कक्षा ९ र १० का अनिवार्य विषयका श्रव्य पाठहरू रेडियो नेपालबाट र गुड नेबसक इन्टरनेसनल संस्थासँगको सहकार्य र समन्वयमा कक्षा ६, ७ र ८ का अङ्ग्रेजी, विज्ञान र सामाजिक विषयका श्रव्य पाठहरू कान्तिपुर एफएमबाट प्रशारण हुने केन्द्रले जानकारी दिएको छ ।


सामुदायिक रेडियो प्रसारण संघ बीचको सहकार्यमा देरभरका करिब २०१ ओटा भन्दा बढी सामुदायिक रेडियोहरू मार्फत कक्षा ९ र १० का अनिवार्य विषयका श्रव्य पाठहरू प्रसारण भइरहेको केन्द्रले त्यसलाई निरन्तरता दिने भएको छ । रेडियो इन्जिनियर महर्जनले सरकारले चालेको यो कदममा साथ दिँदै आफ्ना छोराछोरीलाई वैकल्पिक कक्षामा सहभागी गराउन अग्रह गरेका छन् । उनले केन्द्रबाट प्रसारित श्रव्यदश्य तथा श्रव्य पाठहरूबाट विद्यार्थीहरुले फाइदा लिन सक्ने वातावरण बनाउन सातै प्रदेशको सामाजिक विकास मन्त्रालय, सबै शिक्षा विकास निर्देशनालय, सबै प्रदेश, शिक्षा तालिम केन्द्र, स्थानीय शिक्षा विकास तथा समन्वय इकाइलाई समेत आग्रह गरेका छन् ।


कोरोना भाइरसका कारण करिब ७० लाख बालबालिका अहिले विद्यालय जानबाट वञ्चित छन् । भौतिक रुपमा विद्यालय कहिले खुल्छ, अझै अन्योल छ ।

यस्तो छ समय तालिका

http://doe.gov.np/