काठमाडौं /२६ साउन – त्रिभुवन विश्वविद्यालयले भदौमा सञ्चालन गर्न लागेको परीक्षाहरु स्थगित गरेको छ ।
लकडाउनको अन्त्य भएसँगै कोरोना भाइरसका कारण स्थगित भएको परीक्षा भदौमा सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, कोरोना संक्रमणको संख्या बढेसँगै शिक्षाशास्त्र संकाय, व्यवस्थापन संकाय र इन्जिनियरिङ अध्ययन संस्थाले परीक्षा स्थगित गरेका छन् ।
आज एक सूचना जारी गर्दै परीक्षा अर्को सूचना नआउँदा सम्मका लागि परीक्षा स्थगित गरिएको जानकारी दिएका हुन् ।


