शिक्षा मन्त्रालयले प्रकाशित गरेकाे सूचना

काठमाडौं/१६ साउन- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विभिन्न सूचनाहरु अाजकाे गाेरखापत्र दैनिकमा प्रकाशन गरेकाे छ ।

मन्त्रालयको सूचनामा यसपटक श्रव्य तथा श्रव्यदृश्य पाठ प्रशारण, प्रगतिविवरण तथा शिक्षकले शिक्षणमा बिताउने समय, पाठ्यसामग्री मूल्यांकन, एकमुष्ठ अनुदानका लागि प्रस्ताव पेश, पुलमा रहेका दरवन्दी, नमूना विद्यालयका लागि प्रस्ताव पेश गर्ने सूचनाहरु प्रकाशित गरेकाे छ ।

यस्तै, राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ, प्रमाणित आर्थिक विवरण पठाउने, दरभाउ स्वीकृत लगायतका सम्बन्धमा पनि सूचना प्रकाशित गरिएकाे छ ।