त्रिविले सोध्यो उपप्राध्यापक सहित दुई स्टाफ नर्सलाई स्पष्टीकरण

काठमाडौं/३१ असार – त्रिभुवन विश्वविद्यालयले उपप्राध्यापक सहित दुई स्टाफ नर्सलाई स्पष्टीकरण सोधेको छ ।
महराजगञ्ज चिकित्सा क्याम्पसका उपप्राध्यापक नारायण सुवेदी विदा समाप्ति पश्चात पछि पनि विनाजानकारी लामो समय विदामा बसेको भन्दै स्पष्टीकरण सोधेको छ ।


१५ दिनभित्र स्पष्टीकरण पेश गर्न त्रिवि कार्यकारी परिषदले निर्णय गर्दै बुधबार सार्वजनिक सूचना निकालेको छ । विदा समाप्ति पश्चात पछि पनि विनाजानकारी ९० दिन भन्दा बढी समय विदामा बसेको र अहिलेसम्म क्याम्पस नगएको सुचनामा भनिएको छ ।

उपप्राध्यापक सुवेदी विद्यावारिधि अध्ययनका लागि भन्दै ६ चैत २०७४ सालदेखि १ वर्षे विदामा बसेका थिए । ६ चैत २०७५ मा उपस्थित हुनुपर्नेमा उनी अहिलेसम्म क्याम्पस नगएकाले त्रिवि शिक्षक कर्मचारी सेवा सम्बन्धी नियम, २०५० को परिच्छेद १० को नियम ८४ (१) को (क) र (छ)को कसुरमा स्पष्टीकरण सोधिएको त्रिविले जनाएको छ ।

यसैगरी स्टाफ नर्सहरू प्रतिभा सिलवाल र सृजना सिंह पनि विनाजानकारी लामो समय विदामा बसेको भन्दै त्रिविले स्पष्टीकरण सोधेको छ । उनिहरुले अध्यायन विदा माग गरेकोमा उत्त बिदा दिन नसकिने त्रिविले जनाएको छ । घरमा पत्राचार गरेर जानकारी गराउदा समेत विना सूचना हालसम्म अनुपस्थित रहेको र अस्पताल जस्तो संवेदनशील क्षेत्रको काममा बाधा पारेको कारण १५ दिनभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *