कोभिड -१९का कारण हङकङका विद्यालय पुन: बन्द


काठमाडौ /२७ असार – कोरोनाभाइरसको संक्रमण समुदायमा फैलिएको पाइए पछि हङकङका सबै विद्यालय बन्द गरिएको छ ।


केही दिनयता कोरोनाभाइरसको संक्रमण समुदायमा तिब्र रुपमा फैलिएको पाइएपछि विद्यालयका बालबालिकाको सुरक्षाका लागि आगामी सोमबारदेखि विद्यालयहरु बन्द गर्नु परेको हङकङ शहरका शिक्षा मन्त्री केभिन योङले जानकारी दिएका छन् ।
तर विद्यार्थीले मास्क लगाएर सामाजिक दूरी कायम गर्दे परीक्षाको तयारी गरिरहेका विद्यार्थीले भने परीक्षा दिन पाउने उनले बताए ।


यस अघिपनि हङकङका सरकारी माध्यमिक विद्यालयहरु भाइरस संक्रमण देखिएको भन्दै गत जनवरीमा बन्द गरिएका थिए । नयाँ संक्रमणमा नियन्त्रण कायम गरेपछि विद्यालयहरु गत मे महिनाबाट खुलेका थिए ।


हङकङमा बिहीबार समुदाय स्तरमा ३४ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको थियो । तीन महिनाको अवधिमा यतिठूलो संख्यामा पहिलोपटक कोरोना संक्रमित भेटिएका हुन् ।