क्वेष्ट इन्टरनेशनल कलेजको बुट क्याम्प सम्पन्न


काठमाडौं/२६ असार- क्वेष्ट इन्टरनेशनल कलेजमा भइरहेको उद्यमी र साना व्यव्साय व्वस्थापन बुट क्याम्प सम्पन्न भएको छ ।

जुन २१ गतेबाट सुरु भएको यस अनलाइन क्याम्पमा विद्यार्थीले उद्यमी मानसिकता ,व्यवसाय सुरु गर्नु अगाडीका आइडिया, व्यवसाय रजिस्ट्र«ेसन प्रक्रिया, मानविय संसाधनको व्यस्थापनका साथै दिगो विकासमा टेवा पुग्ने व्यवसायहरुको महत्वका बारेमा प्रशिक्षण दिएको थियो ।

उक्त क्याम्पमा बजार प्रवद्धन, उद्योग र प्रतिस्पर्धात्मक लाभ विश्लेषण आर्थिक विश्लेषण र प्रक्षेपण , व्यव्सायीक योजना निर्माण , व्यव्सायको वृद्घि र विस्तार , क्वालिटि व्यव्स्थापन प्रणाली , communication skill,Design Thinking , leadership जस्ता बिषयमा ट्रेनिङ्ग दिएको थियो ।

बन्दको समयमा ट्रेनिङ्ग लिन पाउँदा विद्यार्थीहरु धेरै खुसी थिए । विद्यार्थीहरुले आफ्नो बिजनेस योजना यहि जुलाइ १५ प्रस्तुत गर्ने कलेजले जनाएको छ । विद्यार्थीहरुलाई ट्रेनिङ्गको डिजिटल प्रमाणपत्र अहिले नै प्रदान गर्ने कलेजको भनाइ छ ।