वैकल्पिक पद्धतिकाे सिकाइ निर्देशिकामा अाएकाे सुझाव समेटेरल नयाँ प्रस्ताव लैजाने तयारी

काठमाडौं /२५ असार- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असार १ गतेदेखि लागू गरेकाे वैकल्पिक पद्धतिकाे सिकाइ निर्देशिकामा अाएकाे सुझाव समेटेरल नयाँ प्रस्ताव लैजाने तयारी थालेकाे छ ।

मन्त्रालयमा अाज भएकाे छलफलमा सातैवटा प्रदेशका सह- सचिवहरुले दिएकाे सुझावलाई समेटेर नयाँ प्रस्ताव बनाई काेभिड १९ नियन्त्रण तथा व्यवस्थापन केन्द्रमा पठाउने निर्णय भएकाे छ । छलफलमा वैकल्पिक सिकाइ पद्धति कार्यान्वयनकाे प्रभावकारिता, समस्या लगायतका विषयमा छलफल भएकाे थियाे ।