काठमाडौं/ २५ असार – शिक्षा मन्त्रालय मातहतमा रहेको बुढानिलकण्ठ विद्यालयले विद्यालय सञ्चालन नभएको अवस्थाको शुल्क नलिने भएको छ ।
यस अघि २०७६ चैत देखि २०७७ असार सम्मको शुल्क अभिभावकबाट माग गरेको थियो । विद्यालय गुठिले सञ्चालन गरेको कारणले शिक्षकको तलब उठाउनु परेको भन्दै विद्यालयले लकडाउन समयमा चैतदेखि असारसम्मको मासिक शुल्क भन्दै अभिभावकलाई बिल पठाएको थियो ।
तर अब विद्यालय सञ्चालन नभएको अवस्थाको शुल्क नलिने भएको छ । विद्यालयका प्रिन्सिपल होमनाथ आचार्यले बन्दाबन्दी (लकडाउन) का बीच मासिक शुल्क बुझाइसकेको भए पनि पछि शुल्कमा मिलान गरिने बताए ।उनले विद्यार्थीको मासिक शुल्क पेश्की स्वरुप बुझाउनका लागि पठाइएको बिल अर्को निर्णय नहुँदासम्मका लागि स्थगित गरिएको समेत जानकारी दिए ।