प्याब्सन र एन प्याब्सनका घोषित आन्दोलनका कार्यक्रम स्थगन

काठमाडौं /२१ असार – असार २२ गते देखि अनलाईन कक्षा बन्द गर्ने र आन्दोलनमा जाने चेतावनी दिएका निजी विद्यालय संगठन प्याब्सन र एन प्याब्सनले हालका लागि उक्त घोषित आन्दोलनका कार्यक्रम स्थगन गरेका छन् ।


निजी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई अनलाईन कक्षा सञ्चालन गर्दै आएका निजी विद्यालयले २२ गते बाट कक्षा ठप्प पार्ने निर्णय गर्दे आन्दोलनमा जाने निर्णय गरेका थिए ।


तर आज शिक्षा मन्त्री सहित निजी विद्यालय संगठन प्याब्सन र एन प्याब्सन,शिक्षक महासंघ,अभिभावक संघ संगठन,इस्टु तथा मन्त्रालयका पदाधिकारी सहितको बैठकले कोरोना संक्रमण व्यवस्थापनको सरकारी संयन्त्रमा निजि विद्यालयका साझा मागलाई तत्कालै लैजाने विषयमा सरोकारवाला सकरात्मक रहेको र वार्ता जारी रहेकोले घोषित आन्दोलनका कार्यक्रम स्थगन गरेको प्याब्सन र एन प्याब्सनले विज्ञप्ती मार्फत जानकारी दिएका छन् ।


कोभिड–१९ को मारमा आर्थिक संकट भोगिरहेको निजी विदालयको विषयमा सरकारले कुनै सम्बोधन नगरेपछि बाध्य भएर आन्दोलनमा जाने निर्णयमा पुगेका थिए ।

यस्तो छ विज्ञप्ती: