काठमाडौं/१६- शिक्षक सेवा आयोगले माध्यमिक तहकाे स्थायी अध्ययन अनुमतिपत्र (शिक्षक लाइसेन्स ) लिखित परीक्षाकाे विभिन्न विषयकाे पुनर्याेगकाे नतिजा सार्वजनिक गरेकाे छ ।
आयोगले मावि तहकाे सामाजिक विषयकाे बागमती, गण्डकी र कर्णाली प्रदेशकाे पुनर्याेगकाे नतिजा सार्वजनिक गरेकाे छ । यस्तै, आयोगले विज्ञान विषयकाे गण्डकी, ५ र कर्णाली प्रदेशकाे पुनर्याेगकाे नतिजा सार्वजनिक गरेकाे छ । आयोगले मावि तहकै कवि र बाली विज्ञान विषयकाे पनि पुनर्याेगकाे नतिजा सार्वजनिक गरेकाे छ ।



