काठमाडौं / १५ असार- शिक्षक सेवा आयोगले माध्यमिक तहकाे स्थायी अध्यापन अनुमति पत्र ( शिक्षक लाइसेन्स ) परीक्षाकाे विज्ञान विषय, सामाजिक विषय र प्राविधिक विषयकाे पुनर्याेगकाे नतिजा सार्वजनिक गरेकाे छ ।
आयोगले गत फागुन १३ गते र १६ गते प्रकाशित नतिजामा चित्त नबुझि पुनर्याेगका लागि आवदेन दिएका परीक्षार्थीहरुकाे लिखित परीक्षाकाे पुनर्याेगकाे नतिजा सार्वजनिक गरेकाे हाे । प्राविधिक तर्फ सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, पशु विज्ञान र कानुन विषयकाे पुनर्याेगकाे नतिजा सार्वजनिक गरेकाे छ ।
यस्तै, विज्ञान विषयकाे प्रदेश १,२ बागमती र गण्डकी प्रदेशकाे पुनर्याेगकाे नतिजा सार्वजनिक गरेकाे छ ।



