काठमाडौं/१३ असार– स्वतन्त्र परामर्श सँग (फेकन) ले कोरोना भाइरस (कोभिड–१९) को समयमा भिक्टोरिया राज्य सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीलाई गरेको सहयोग बारे आज छलफल गर्ने भएको छ ।
फेकनका अध्यक्ष युवराज कट्वाल र भिक्टोरिया कलेजको साउथ एसिया प्रबन्धक अनिता कुमारीसँग वेवनार मार्फत छलफल गर्न लागिएको फेकनकी उपाध्यक्ष गिता रिजालले जानकारी दिएकी छिन्।
वेवनारमा कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय विद्यार्थीहरुमा परेको आर्थिक समस्या, विद्यार्थीहरुमा परेको असर, यस्तो अवस्थामा विद्यार्थीहरुलाई कसरी सहयोग गर्न सकिन्छ लगायतका विषयमा छलफल गरिने छ ।