काठमाडौं /९ असार-राष्ट्रिय परीक्षा बाेर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० काे विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणिकरण कार्यविधि २०७७ तयार परेकाे छ । शुक्रबार राष्ट्रिय परीक्षा बाेर्डका सदस्य- सचिव दुर्गा अर्यालकाे संयाेजकत्वमा गठन भएकाे कार्यदल कार्यविधि बनाएकाे हाे ।
कार्यदलले कार्यविधि बनाएर अाज सार्वजनिक गरेकाे हाे । काेराेना भाइरस महामारीका कारण चैत ५ गते स्थागित भएकाे एसईई परीक्षा मन्त्री परिषद्काे जेठ २९ गते बसेकाे बैठकले नगर्ने निर्णय गरेकाे थियाे । विद्यालयले अब कार्यविधि अनुसार विद्यार्थीकाे मूल्यांकन गरेर अंक पठाउने छ ।