नियमावली कार्यान्वयनमा आएपछि शैक्षिक परामर्श सेवा निर्देशिका खारेज

काठमाडौँ /१९ साउन – शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३ खारेज गरेको छ ।


शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली, २०८३ कार्यान्वयनमा आएपछि उक्त निर्देशिका खारेज गरेको हो ।


नियमावली कार्यान्वयनमा द्विविधा उत्पन्न नहोस् भनेर खारेज गरिएको मन्त्रालयले जनाएको छ ।