राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत रहेको कर्मचारी युनियन भंग

काठमाडौँ /१५ चैत – राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत रहेको कर्मचारी युनियन भंग गरिएको घोषणा गरिएको छ ।
आइतवार युनियनका अध्यक्ष राजु ओलियाले सूचना जारी गर्दै राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन औपचारिक रूपमा भंग गरिएको जानकारी दिएका हुन् ।


उनका अनुसार मन्त्रीपरिषद्ले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी ‘सय कार्यसूची’ लाई स्वागत गर्दै युनियन भंग गर्ने निर्णय गरिएको हो ।


युनियनले सरकारी सुधार पहलप्रति समर्थन जनाउँदै आगामी दिनमा संस्थागत सुधार र सुशासन कार्यान्वयनमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।