काठमाडौँ /१२ फागुन – सरकारले फागुन २० देखि २२ गते सम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि तीन दिन विदा दिने निर्णय गरेको हो ।
फागुन २१ गते देशैभर हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगको सिफारिसका आधारमा फागुन २० देखि २२ गते सम्म सार्वजनिक विदा दिने निर्णय गरेको हो ।



