मानव कल्याणसँग नजोडिएको ज्ञान वा पाठ्यक्रम सन्दर्भहीन बन्दै जान्छन् : प्रधानमन्त्री

कास्की /८ फागुन – पोखरा विश्वविद्यालयकी कुलपति तथा प्रधानमन्त्री सुशीला कार्कीले आर्थिक समृद्धि र मानव कल्याणसँग नजोडिएको ज्ञान वा पाठ्यक्रम सन्दर्भहीन बन्दै जाने बताएकी छन् ।


शुक्रबार पोखरा विश्वविद्यालयको २१ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै आर्जित ज्ञान, सीप र अनुभव मुलुकको समृद्धि र विकासमा लगाउनसमेत अनुरोध गरीन । दीक्षित हुनुलाई शैक्षिक यात्राको समापन नठानी जीवनको नयाँ र महत्वपूर्ण प्रस्थानविन्दुका रुपमा लिनु पर्ने र परिवर्तनलाई आत्मसात गर्दै नवप्रवर्तन र उद्यमशीलताको बाटो समात्न आग्रह गरीन ।


समारोहमा बोल्दै ठूलो सङ्ख्यामा युवाहरु विदेशतर्फ आकर्षित हुनु हाम्रो साझा चिन्ताको विषय रहेकोले यसको कारण र समाधान खोज्नु पर्ने जिम्मेवारी विश्वविद्यालयहरुको पनि रहेको उनको भनाई थियो ।


समारोहमा छ हजार छ सय २२ विद्यार्थी दीक्षित भएका छन् ।