काठमाडौँ /४ माघ – एक पटक शिक्षामा बजेट विनियोजन गरेपछि अर्थ मन्त्रालयले योजना अनुसार बजेट निकासा गर्नुपर्ने रानीदेवी माध्यमिक विद्यालय काठमाडौँका प्रधानाध्यापक नारायण गौतमले बताउका छन् । खबर एजुकेशनले आयोजना गरेको विद्यालय शिक्षा रूपान्तरणमा नीतिगत सवाल सम्बन्धी छलफल कार्यक्रममा बोल्दै सो कुुुरा बताएका हुन् ।
उनले शिक्षा मन्त्रालयले ताकेता गरेपनि अर्थ मन्त्रालयले नदिने परम्परा रहेको बताउँदै शिक्षामा बजेट विनियोजन गरेपछि शिक्षामन्त्री आफैँले ताकेता गरिरहनु पर्ने अवस्थाको अन्त्य हुन आवश्यक रहेको बताए ।
गौतमले हाल शिक्षा सम्बन्धी बजेटका लागि शिक्षामन्त्री आफैँले फाइल बोकेर अर्थ मन्त्रालय धाउनुपर्ने दृश्यले शिक्षा क्षेत्रमा परिवर्तन आउन निकै समय लाग्ने अवस्था झल्काएकोले यसलाई अर्थ मन्त्रालयले सम्बोधन गर्नुपर्नेमा जोड् दिए ।
यसैगरी विद्यालय शिक्षामा रूपान्तरण गर्नका लागि शिक्षक मात्रै लागेर। नहुने उल्लेख गर्दै अभिभावकले पनि सहयोग गर्नुपर्नेमा जोड्दिए ।
उनले भने “हाल शिक्षा सम्बन्धी बजेटका लागि शिक्षामन्त्री आफैँले फाइल बोकेर अर्थ मन्त्रालय धाउनुपर्ने दृश्यले शिक्षा क्षेत्रमा परिवर्तन आउन निकै समय लाग्ने अवस्था झल्काउँछ । एक पटक बजेट विनियोजन गरेपछि अर्थ मन्त्रालयले योजना अनुसार बजेट निकासा गर्नुपर्छ, नकि शिक्षामन्त्री आफैँले ताकेता गरिरहनु पर्ने अवस्थाको भने अन्त्य हुन आवश्यक छ ।”



