हब र युटिएसबीच साझेदारी : विद्यार्थीलाई ‘सीप र अवसर’ एकैसाथ

काठमाडौँ /२३ पुष – विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरको भाषा दक्षतासँगै व्यावहारिक रोजगारीमुखी सीप प्रदान गर्ने उद्देश्यले ललितपुर कुमारिपाटीस्थित हब इन्टरनेशनल एजुकेशन र युनाइटेड टेक्निकल स्कुल (युटिएस) बीच संयुक्त शिक्षा प्याकेज सञ्चालन गर्ने समझदारी–पत्रमा हस्ताक्षर भएको छ ।


सम्झौताअनुसार अब विद्यार्थीले युनाइटेड टेक्निकल स्कुलले सञ्चालन गर्ने बारिस्टा कोर्ससँगै हब इन्टरनेशनल एजुकेशनमा आइएलटिए र पिटिई भाषा तथा परीक्षा तयारी एकैपटक अध्ययन गर्न सक्ने छन् ।


यो सहकार्यले विद्यार्थीलाई ‘सीप र अवसर’ दुवै एकैसाथ प्रदान गर्ने दीर्घकालीन पहलका रूपमा लिइएको छ ।


हब एजुकेशन र युनाइटेड टेक्निकल स्कुलका अनुसार यो बण्डल प्याकेजले विद्यार्थीलाई तत्काल रोजगारीमा प्रवेश गर्न सहयोग गर्ने व्यावहारिक सीप र वैदेशिक अध्ययनका लागि आवश्यक भाषा तथा परीक्षा तयारी दुवै सुनिश्चित गर्नेछ । यो सम्झौताले नेपालभित्र सीप सिकेर विश्व बजारसम्म पुग्ने मार्ग खोल्ने अपेक्षासमेत गरिएको छ ।


हब इन्टरनेशनल एजुकेशन कुमारिपाटी शाखाका ब्रान्च म्यानेजर केशव रावलले यो सहकार्य समग्र शिक्षाको अवधारणामा आधारित रहेको बताए ।


उनले भने, ‘युनाइटेड टेक्निकल स्कुलसँगको साझेदारी हाम्रो साझा दृष्टिकोणको प्रतिफल हो । व्यावसायिक तालिमलाई अन्तर्राष्ट्रियरूपमा मान्यता प्राप्त भाषा तथा परीक्षा तयारी कार्यक्रमसँग जोडेर हामी विद्यार्थीहरूलाई आजको प्रतिस्पर्धी विश्वमा सफल हुन आवश्यक व्यावहारिक सीप र विश्वस्तरीय क्षमता प्रदान गरिरहेका छौँ ।’


यस संयुक्त प्याकेजको शुल्क १८ हजार रुपैयाँ तोकिएको छ, जसमा बारिस्टा कोर्स र हब इन्टरनेशनल एजुकेशनको भाषा तथा तयारी कक्षा समावेश हुनेछ ।


युनाइटेड टेक्निकल स्कुलकी संयोजक दिव्यश्वरी भट्टराईले यो सहकार्यले विद्यार्थीका लागि सिकाइको नयाँ ढोका खोलेको बताइन् ।


उनले भनिन्, ‘यस साझेदारीमार्फत विद्यार्थीहरूले एकैसाथ व्यावसायिक बारिस्टा सीपमा दक्षता हासिल गर्न र अन्तर्राष्ट्रियरूपमा मान्यता प्राप्त भाषा सीप विकास गर्न सक्छन् । सीप र अवसरलाई एउटै धारमा जोड्नु नै यो सम्झौताको मूल मर्म हो ।’


दुवै संस्थाका प्रतिनिधिहरूले प्राविधिक तालिम र भाषा तथा परीक्षा तयारीलाई एउटै प्याकेजमा ल्याउँदा विद्यार्थीको रोजगारी सम्भावना, वैदेशिक अध्ययन तयारी र आत्मनिर्भरता उल्लेखनीयरूपमा बढ्ने विश्वास व्यक्त गरेका छन् ।


सन् २००६ मा स्थापना भएको हब इन्टरनेशनल एजुकेशन शैक्षिक परामर्श सेवा प्रदान गर्ने एक अग्रणी संस्था हो । यसले विद्यार्थीलाई शैक्षिक परामर्श, विश्वविद्यालय भर्ना सहयोग, भिसा मार्गदर्शन तथा भाषा तथा परीक्षा तयारी सेवा प्रदान गर्दै आएको छ ।