हिसान महाधिवेशन : अध्यक्षमा युवराज शर्मा र महासचिवमा रामहरी सिलवाल

काठमाडौँ /१३ पुष – उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)को अध्यक्ष पदमा युवराज शर्मा विजयी भएका छन् । हिसान केन्द्रको पुष ११ र १२ गते काठमाडौँमा भएको नवौं राष्ट्रिय महाधिवेशनबाट शर्मा अध्यक्षमा विजयी भएका हुन् ।


निर्वाचन प्रक्रिया अन्तर्गत कार्य समितिको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गर्ने उम्मेदवार मध्येका सर्वसम्मत र निर्वाचित कार्य समितिको घोषणा गरिएको छ ।


अध्यक्ष पदमा तत्कालीन वरिष्ठ उपाध्यक्ष युवराज शर्मा र महासचिव लोकराज भण्डारीको प्रतिस्पर्धा गरेका थिए । शर्माले १६० मत ल्याएर अध्यक्ष भएका छन् भने भण्डारीले १०६ मत प्राप्त गरेका थिए ।


यसैगरी महासचिव पदका लागि जयराम खनाल र रामहरी सिलवालले प्रतिस्पर्धा गरेका थिए । सिलवाल १४८ मतसहित विजय भएका छन् । साथै खनालले ११८ मत ल्याएका थिए । वरिष्ठ उपाध्यक्षमा टंकराज आचार्य र डा. स्वागत श्रेष्ठ विजयी भएका छन् । यसैगरी सचिवमा कृष्ण प्रसाद पौडेल, जीवन लामा गोले, पारश श्रेष्ठ, भवानी प्रसाद पौडेल, यम बहादुर रोका, राजेश कार्की र बलराम पन्त विजयी भएका छन् ।


कोषाध्यक्षमा शिव प्रसाद अधिकारी र सह कोषाध्यक्षमा शंकर भट्टराईलाई निर्विरोध घोषणा गरिएको छ ।