नेसनल प्याव्सन भक्तपुरको खेलकूद मेला हुँदै

भक्तपुर/१४ मंसिर – नेसनल प्याव्सन भक्तपुरको आयोजनामा अन्तर विद्यालय खेलकुद प्रतियोगिता–२०८२ यही मंसिर १५ गते देखि सुरु हुदैछ । सदस्य विद्यालयहरू बीच हुने प्रतियोगितामा विभिन्न खेलहरू समावेश गरिएको छ ।


खेलकुद प्रतियोगितामा माध्यमिक र आधारभूत तहको छुट्टा–छुट्टै छात्र फुटसल, माध्यमिक तहसम्मका छात्राहरूको भलिवल, माध्यमिक तहसम्मका छात्रहरूको टेबुल टेनिस र माध्यमिक तहसम्मको छात्र र छात्राको छुट्टा–छुट्टै व्याडमिन्टन प्रतियोगिता सम्पन्न हुने जानकारी नेसनल प्याव्सन भक्तपुरका जिल्ला कार्यसमिति सदस्य एवं खेलकुद मेलाका संयोजक अनिश राईले जानकारी दिए ।


यस प्रकारको खेलकुद प्रतियोगिताले विद्यार्थीहरूलाई शारीरिक र मानसिक रूपमा तन्दुरुस्त राख्नुका साथै खेलप्रति रुचीले भविष्यमा राष्ट्रको लागि उत्कृष्ट खेलाडी तयार हुन सक्ने विश्वास लिइएको नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले बताए ।


खेलकुद प्रतियोगिता मंसिर १५ गते सुरु भई मंसिर १८ गते विजेता विद्यार्थी खेलाडिहरूलाई पुरस्कार वितरण गरी समापन गरिनेछ ।