शोध प्रबन्ध अनुदान परियोजनाका लागि अवसर

काठमाडौँ/१० मंसिर – त्रिवि शिक्षाध्यक्षको कार्यालय, अनुसन्धान निर्देशनालयले शोध प्रबन्ध अनुदान परियोजनाका लागि आवेदन माग गरेको छ । अनुसन्धान अनुदान कोष बाट सञ्चालन हुने शोध प्रबन्ध अनुसन्धान परियोजनाको लागि प्रस्ताव आव्हान गरेको हो ।


आ.व. २०८२/८३ का लागि त्रिविको अनुसन्धान अनुदान कोषको मौज्दात रकमबाट सञ्चालन गरिने उक्त परियोजनाका लागि अनुसन्धान प्रस्ताव आव्हान गरिएको त्रिविले जनाएको छ ।


यसबारे अन्य जानकारीका लागि त्रिविको वेभसाइट www.tu.edu.np मा हेर्नु सकिनेछ ।