प्राविधिक धारका विद्यार्थीका लागि सिकाई स्रोत सामग्री सार्वजनिक (सिकाई स्रोत सामग्रीसहित)

काठमाडौँ/५ मंसिर – पाठ्यक्रम विकास केन्द्रले हालै माध्यमिक तह प्राविधिक तथा व्यवसायी धार अन्तर्गत कक्षा ९-१० का पशुविज्ञान, बालीविज्ञान, इलेक्ट्रिकल इञ्जिनियरिङ्ग, सिभिल इञ्जिनियरिङ्ग र कम्प्युटर इञ्जिनियरिङ्गका सिकाई स्रोत सामग्रीहरु ल्याएको छ ।


प्राविधिक तथा व्यावसायिक धार तर्फका विद्यार्थीहरूलाई कक्षा ९-१० मा अध्ययन गर्नका लागि सहज बनाउने उदेश्यले उक्त सामग्रीहरु ल्याएको हो । केन्द्रको वेभसाइटमा ४० वटा सिकाई स्रोत सामग्रीहरु उपलब्ध गराएको छ ।


सिकाई स्रोत सामग्रीहरूमा पाठ्यक्रम अनुसार विषय वस्तुहरूको समावेश गरिएको छ भने मूल्याङ्कन गर्नका लागि पाठ्यक्रम अनुसार नै नमुना प्रश्नहरू समावेश गरिएको जनाएको छ ।


हेर्नुहोस सिकाई स्रोत सामग्री


पशुविज्ञान


बालीविज्ञान


इलेक्ट्रिकल इञ्जिनियरिङ्ग


सिभिल इञ्जिनियरिङ्ग


कम्प्युटर इञ्जिनियरिङ्ग