सिटिइभिटीका सदस्य सचिवलाई अनिश्चितकालीन कार्यकक्ष प्रवेश निषेध

काठमाडौं/९ साउन – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले सिटिइभिटीका सदस्य सचिवलाई कार्यकक्षमा प्रवेश निषेध गरेको छ । जिरी बहुप्राविधिक शिक्षालयका विद्यार्थीलाई प्रयोगात्मक परीक्षामा शिक्षालय र प्रशिक्षकको लापरबाहीका साथ मूल्यांकन गरि फेल गराइएको भन्दै निषेध गरिएको जनाएको छ ।


साझेदारी तथा प्रतिष्ठान अन्तर्गतका शिक्षालयहरुका सम्बन्धन स्विकृति विना नै बदनियतपूर्वक भर्ना अनुमति दिइ कक्षा सञ्चालन गर्न दिएको र ती शिक्षालयमा अध्ययनरत विद्यार्थीको भविष्यप्रति खेलबाड गर्ने गरि गरिएको गैरकानुनी निर्णयको जिम्मेवार सदस्य सचिव स्वयं भएकोले सदस्य सचिवलाई अनिश्चितकालीन कार्यकक्ष प्रवेश निषेध गरिएको संगठनको भनाई छ ।


“जिरी बहुप्राविधिक शिक्षालयका विद्यार्थीलाई प्रयोगात्मक परीक्षामा शिक्षालय र प्रशिक्षकको लापरबाहीका साथ मूल्यांकन गरि फेल गराइएको बिषयमा विद्यार्थीलाई न्याय प्रदान गर्न माग गरिएकोमा त्यसलाई ढाकछोप गर्ने उद्देश्यले विद्यार्थीलाई अन्याय हुने गरि गरिएको पुनः परीक्षा सञ्चालन गर्ने निर्णयप्रति खेद प्रकट गर्दछ । साझेदारी तथा प्रतिष्ठान अन्तर्गतका शिक्षालयहरुका सम्बन्धन स्विकृति विना नै बदनियतपूर्वक भर्ना अनुमति दिइ कक्षा सञ्चालन गर्न दिएको र ती शिक्षालयमा अध्ययनरत विद्यार्थीको भविष्यप्रति खेलबाड गर्ने गरि गरिएको गैरकानुनी निर्णयको जिम्मेवार सदस्य सचिव स्वयं भएकोले सदस्य सचिवलाई अनिश्चितकालीन कार्यकक्ष प्रवेश निषेध गरिएको जानकारी गराइन्छ” पत्रमा उल्लेख छ ।


यसअघि पटकपटक विभिन्न बिषय र मुद्दामा केन्द्रीत रहेर मागपत्र बुझाएको, तर सिटिइभिटीले मागहरुप्रति गाम्भीयर्ता नदेखाएको भन्दै संगठनको त्यसप्रति ध्यानाकर्षण भएको जनाएको छ ।