बी.ई./बी.आर्कमा विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा भदौं ३ गते देखि सञ्चालन गरिने

काठमाडौं/१ साउन – त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ्ग अध्ययन संस्थानले शैक्षिक वर्ष २०८२/०८३ को स्नातक (बी.ई./बी.आर्क.) तहको विद्यार्थी भर्नाका लागि सञ्चालन गरिने प्रवेश परीक्षा भदौं ३ गते देखि सञ्चालन गर्ने भएको छ ।


इन्जिनियरिङ्ग अध्ययन संस्थान, सूचना तथा सञ्चार प्रविधि केन्द्र, पुल्चोक, पश्चिमाञ्चल क्याम्पस, पोखरा र पूर्वाञ्चल क्याम्पस, धरानमा तोकिएको स्थान, समय र शिफ्ट अनुसार सञ्चालन गरिने भएको हो ।


त्रि. वि. इन्जिनियरिङ्ग अध्ययन संस्थान अन्तर्गतका आङ्गिक क्याम्पसहरू तथा सम्बन्धन प्राप्त कलेजहरूमा शैक्षिक वर्ष २०८२/०८३ का लागि स्नातक (बी.ई./बी.आर्क.) तहका विभिन्न कार्यक्रमहरूमा विद्यार्थी भर्नाका लागि सूचना प्रविधिको आधारमा कम्प्युटर विधि मार्फत प्रवेश परीक्षा सञ्चालन गरिने छ ।

Screenshot