विद्यालय रूपान्तरणका लागि केयु र भानुभक्त मेमोरियल स्कुलबिच सहकार्य

काठमाडौँ /२९ असार – शिक्षा क्षेत्रमा रूपान्तरणको पहल स्वरूप काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन र भानुभक्त मेमोरियल माध्यमिक विद्यालय पानीपोखरी काठमाडौँबिच शैक्षिक रूपान्तरणका लागि औपचारिक सम्झौता भएको छ । सम्झौतापत्रमा कुशोडका तर्फबाट डिन प्रा. डा. बालचन्द्र लुइटेल र विद्यालयका तर्फबाट प्रधानाध्यापक ईश्वरी ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।


सम्झौतामा कुशोड अन्र्तगत रहेको कन्टिन्युइङ एन्ड प्रोफेशनल एजुकेशन सेन्टर (सिपिइसि) को शैक्षिक सुधारका लागि विद्यालय नवप्रवर्तन साझेदारी कार्यक्रमको माध्यमबाट विद्यालयमा आवश्यक मूल्याङ्कन, अनुगमन, शिक्षक तालिम, परामर्श तथा नवप्रवर्तनशील शिक्षण विधिहरू लागु गरिनेछ ।


विद्यालयमा समावेशी, विद्यार्थी केन्द्रित, परियोजना आधारित सिकाइ, स्टिम शिक्षा, मूल्यआधारित शिक्षा, समसामयिक शिक्षण मूल्याङ्कनका नवीन अभ्यासहरू प्रवर्धन गर्नका साथै विद्यालयका शिक्षक माझ शैक्षणिक व्यावसायिक विकास अभिवृद्धिका अवसरहरू जस्तो नियमित प्रशिक्षण, सहशिक्षण, परामर्श तथा कार्यशालाहरू सञ्चालन गरिने उदेश्य रहेको छ ।


विश्वविद्यालय र विद्यालयबिचको साझेदारी नेपाली विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धितर्फको उदाहरणीय अभ्यासमा एक सेतु बन्ने साथसाथै शिक्षामा नवप्रवर्तनशील अभ्यासहरूलाई संस्थागत गर्दै जाने कुरामा आश्वस्त रहेको विद्यालयका प्राचार्यले व्यक्त गरे ।


यस कार्यक्रमले विद्यालयमा विभिन्न आयाममा आवश्यक मूल्याङ्कन, आवश्यकतालाई सम्बोधन गर्ने हस्तक्षेपकारी भूमिका, शिक्षण अभ्यासमा नविन प्रयोग तथा नेतृत्व विकासमा उल्लेखनीय योगदान पु¥याउने छ । यो सम्झौता पश्चात् दुबै संस्थाले शैक्षिक रूपान्तरणलाई सहकार्यको मुख्य माध्यम बनाउँदै अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।