विद्यालय शिक्षा विधेयक असार १५ गतेभित्र प्रतिनिधि सभाबाट पारित गर्ने प्रतिबद्धता

काठमाडौँ /१७ बैशाख – शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्बर बहादुर थापा,नेकपा एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौला र नेपाली कांग्रसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले विद्यालय शिक्षा ऐन आगामी असार १५ गतेभित्र प्रतिनिधिसभाबाट पारित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा आउने बलियो प्रतिबद्धता खोजेपछि उनिहरूले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

यसैगरी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति र सत्तापक्षका प्रमुख सचेतकहरूले नयाँ विद्यालय शिक्षा ऐन २०८२ आषाढ १५ गतेभित्र प्रतिनिधि सभाबाट पारित गर्ने लिखित प्रतिबद्धता व्यक्त गरेपछि नेपाल शिक्षक महासङ्घले सडक आन्दोलन हडताल स्थगित गरिएको जनाएको छ ।