काठमाडौं/१४ बैशाख प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिईभिटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा प्रमाणपत्र तहको एक विषयको मौका परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको छ ।
परिषद् अन्तर्गतका शिक्षण संस्थाहरू र प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रममा अध्ययन गरी वार्षिक प्रणालीतर्फ तेस्रो वर्ष र सेमेस्टर प्रणालीतर्फ तेस्रो वर्ष दोस्रो खण्डमा २०८१ सालको नियमित परीक्षामा कुनै एक विषयको सैद्धान्तिक परीक्षामा मात्र अनुत्तीर्ण भएका प्रशिक्षार्थीहरूकाको तालिका सार्वजनिक गरेको हो ।
रीतपूर्वक आवेदन फाराम भरेका कार्यक्रमहरूको परीक्षा यही वैशाख २७ गते शनिबार बिहान ७ः०० बजे र दिउँसो १२ः०० बजे दुई सिफ्टमा काठमाडौँ उपत्यकामा सञ्चालन गरिने जनाएको छ । परीक्षाका विस्तृत तालिका www.ctevtexam.org.np मा हेर्न सकिनेछ ।



