काठमाडौँ /३ बैशाख – नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले शिक्षक आन्दोलनलाई ध्यानमा राखेर १२ गते नै अधिवेशन बोलाउने निर्णय भएको बताएका छन् । मंगलबार बसेको मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै सो कुराको जानकारी दिएका हुन् ।
उनले १५ वा २० गते तिर अधिवेशन बोलाउने सरकारको सल्लाह भएको बेला शिक्षकहरूको आन्दोलनलाई ध्यानमा राखेर १२ गते नै अधिवेशन बोलाउने निर्णय गरिएको बताए । १२ गते अधिवेशन बोलाएर फास्ट ट्रयाकमा विद्यालय शिक्षा विधेयक पास गर्न सहजिकरण र समन्वय गर्ने निर्णय मन्त्रीपरिषद्ले गरेको उनको भनाई छ ।
यसैगरी शिक्षकहरूले पनि सरकारका कुरा सुन्नुपर्ने भन्दै अहिले नयाँ शैक्षिक सत्रका लागि भर्नाको समय रहेको, कक्षा १२ को परीक्षा गर्नुपर्ने अवस्था रहेको र एसईईो उत्तरपुस्तिका जाँच गर्ने समय भएकोले शिक्षक आन्दोलन छोडर विद्यालय फर्कन आग्रह गरे ।
उनले भने ‘यो आन्दोलनको बेला होइन, अहिले निजामती पनि शिक्षकले आन्दोलन गरिसक्यो हामी आन्दोलन गर्छौ भनेर भनिरहनु भएको छ । निजामती आन्दोलनमा गए भने के हुन्छ ? भनेर शासन प्रशासन चल्छ ? सरकारमा रहेको सेना प्रहरी सबै हडताल गरे भने सरकार कसरी चल्छ ? के राजतन्त्र फर्काउन खोजेको हो त ? सरकारलाई अप्ठ्यारो पारेर सबै ठप्प पारेर विद्यालयहरू सबै बन्द गर्ने खोजेको होइन ? त्यसकारणले सबै संवेदनशीलता बुझेर शिक्षक साथीहरू अब विद्यालयमा फर्किनुपर्छ ।’
अहिले विद्यार्थी भर्नाको गर्ने समय रहेको र विद्यालयमा शिक्षकहरू नभएन भर्ना कसले गर्ने उनको भनाई थियो । शिक्षकले अहिले सडकमै बस्छौ भन्ने कुरा गर्न नहुनेमा जोड् दिँदै सरकारले समस्या समाधान गर्ने बताए ।
यस्तो छ मन्त्री परिषद्को निर्णय
विभिन्न मागहरू राखी नेपाल शिक्षक महासङ्घको आह्वानमा हाल भइरहेको प्रदर्शनप्रति नेपाल । सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । नेपाल शिक्षक महासङ्घले उठाएका मागहरूप्रति नेपाल । सरकार संवेदनशील रहेको र मागहरूको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवादलाई निरन्तरता दिने ।
सङ्घीय संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक पारित गर्नेसमेतको प्रयोजनका लागि सङ्घीय संसदको अधिवेशन आह्वान गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय आजको । मन्त्रीपरिषद् बैठकले गरेको। उक्त विधेयक छिटो पारित गर्न नेपाल सरकारको तर्फबाट आवश्यक समन्वय र सहजीकरण गर्ने ।
हाल विद्यालयहरूमा नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना गर्ने समय रहेको र माध्यमिक शिक्षा परीक्षा कक्षा दशको उत्तरपुस्तिका परीक्षण गर्ने एवं कक्षा बाह्रको परीक्षा सञ्चालन गर्ने जस्ता महत्त्वपूर्ण कार्यहरू गर्नुपर्ने भएको हुँदा प्रदर्शनका कार्यक्रम रोकी विद्यार्थी र अभिभावकको हितलाई । मध्यनजर गरी शिक्षकहरूलाई आ–आफ्नो काममा फर्किन आह्वान गर्ने र सोको लागि आवश्यक वातावरण बनाउन नेपाल शिक्षक महासङ्घलाई अनुरोध गर्ने ।



