मौका परीक्षाको आवेदन फाराम खुला

काठमाडौं/१८ चैत – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ( सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले एक विषय मौका परीक्षाको आवेदन फाराम खुला गरेको छ । सेमेस्टर परीक्षा प्रणालीतर्फ डिप्लोमा तथा प्रमाणपत्र तहका सम्पूर्ण कार्यक्रमहरूको मौका परीक्षाको आवेदन फाराम खुला गरेको हो ।


प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रम समेतका परक्षिार्थीले आवेदन दिन पाउने छन् । प्रथम वर्षको प्रथम खण्ड÷दोस्रो खण्ड, दोस्रो वर्षको प्रथम खण्ड÷दोस्रो खण्ड र तेस्रो वर्षको प्रथम खण्ड उत्तीर्ण भई तेस्रो वर्षको दोस्रो खण्ड नियमित तर्फको नतिजामा कुनै एक विषय मात्र अनुत्तीर्ण भएका परीक्षार्थीहरूका परीक्षा आवेदन दिन पाउने छन् ।


विनियमावली, २०७१ बमोजिम सैद्धान्तिक एक विषयको मौका परीक्षा २०८२ साल वैशाख महिनामा सञ्चालन हुनेहुँदा सम्बन्धित परीक्षार्थीहरूले २०८२ साल वैशाख ०३ गतेभित्र नियमित शुल्क र २०८२ साल वैशाख १० गतेभित्र विलम्ब शुल्कमा सम्बन्धित शिक्षालयहरूमा परीक्षा आवेदन फाराम भरी बुझाउनुहुन सिटिइभिटीले आग्रह गरेको छ ।