काठमाडौं/९ चैत – शिक्षक सेवा आयोगले यही चैत १६ गतेदेखि सञ्चालन हुने माध्यमिक तहको सामान्य परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । आयोगले जारी गरेको विज्ञानपन अनुसार आवेदन दिएका उम्मेदवारहरूका लागि परीक्षा सञ्चालन गर्न केन्द्र निर्धारण गरेको हो ।
सामुदायिक विद्यालयको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्धारा स्थायी पर्नुपर्ने भन्दै पुस २८ गते आवेदन माग गरेको थियो ।



