विद्यालय शिक्षा विधेयक माथि छलफलका लागि उपसमिति गठन गरिने

काठमाडौं/८ चैत – शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक २०८० माथि छलफलका लागि उपसमिति गठन गर्ने भएको छ । १८ महिना देखि संसदमा रहेको विधेयकमा सहमति जुटाउने उदेश्यले उपसमिति गठन गर्ने भएको हो ।


शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकले उपसमिति गठन गर्ने तयारी गरेको जनाइएको छ ।


चैत ५ गते बसेको समितिको बैठकमा विद्यालय शिक्षा विधेयकका सम्बन्धमा समिति सचिवालयबाट समिति समक्ष पेस भएका विभिन्न ९ वटा प्रतिवेदनहरू तथा सुझावहरू अध्ययन गरी समितिको आगामी बैठकमा हुने दफावार छलफलमा सहभागी हुन सबै सांसदहरूलाई सभापति अम्मर बहादुर थापाले अनुरोध गरेका थिए ।