विद्यालय शिक्षा विधेयकको दफावार छलफल आजबाट सुरु

काठमाडौँ /५ चैत – विद्यालय शिक्षा विधेयकमाथि संसदको विषयगत समितिमा आजबाट दफावार छलफल सुरु भएको छ । संसदमा २०८० भदौ २७ मा दर्ता भएको विधेयक माथि प्रदेश अन्तर्गत छलफल, विज्ञ र सरोकारवालाबाट आएको सुझावसँगै सांसदबाट परेको संशोधनलाई एकीकृत गरेर दफावार छलफल सुरु भएको हो ।


यसैगरी प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले दफावार छलफल एक महिनाभित्र सक्ने गरी अगाडी बढ्नु पर्ने विषयलाई समितिमा जोड् दिएका छन् ।